Logo

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा, फागुनदेखि स्थायी निक्षेप सुविधा कार्यान्वयमा ल्याइने

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा, फागुनदेखि स्थायी निक्षेप सुविधा कार्यान्वयमा ल्याइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याउने भएको छ ।

laxmi

केन्द्रीय बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै यो सुविधा कार्यान्वयनमा ल्याउने व्यवस्था गरेको हो ।

ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइने व्यवस्था गरिएको छ । यसअघि यो सुविधा थिएन ।

यसैगरी, कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको २ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था केन्द्रीय बेंकले गरेको छ।

अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL