Logo

अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक रहेको अर्थमन्त्रीको दावी, यस्तो छ बजेट मध्यावधि समीक्षा (पूर्णपाठसहित)

अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक रहेको अर्थमन्त्रीको दावी, यस्तो छ बजेट मध्यावधि समीक्षा (पूर्णपाठसहित)



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक रहेको दाबी गरेका छन् । चालु आर्थिक वर्ष २०८०÷८१ को बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा अर्थमन्त्री महतले कठिन परिवेशमा आफूले जिम्मेवारी लिएर अर्थतन्त्रमा सकारात्मक सुधार ल्याउन सफल भएको बताए ।

laxmi

आर्थिक सुधारको विषयमा तत्काल परिणाम ननिस्किने भएतापनि उनको कार्यकालमा अर्थतन्त्रले लय समातेको उनको दावी छ । उनले अर्थतन्त्रको सबै सूचक सकारात्मक हुँदा आर्थिक गतिविधि बढ्ने बताएका छन । बजेट पद्दतिलाई चुस्त बनाउन अझै केही समय लाग्ने उनको भनाई छ । ‘सूचक सकारात्मक बन्दै गए पनि लक्ष्यअनुसार सूचक आएनन्, तथापि प्रगति छ,’ उनले भने ।
उनका अनुसार हाल पर्यटन क्षेत्रमा सुधार, मूल्यवृद्धि नियन्त्रणमा छ, कर्जा प्रवाह लयमा रहेको छ । आगामी दिनमा अझै बढ्छ भन्ने ‘कन्फिडेन्स’ बढाउनु पर्ने उनको भनाई छ । पछिल्लो समय विप्रेषण बढी चलायमान हुँदा आर्थिक गतिविधि बढ्ने उनको बुझाई छ ।

‘वस्तु आयात घटेको छ, निर्यात घटेको छ,’ महतले भने, ‘निर्यात कम हुनुमा उत्पादनशील क्षेत्रले गति नलिँदा कम भएको हो ।’ हाल सरकारको समग्र खर्च ३२.५७ प्रतिशत छ । यसैगरी, राजस्व संकलन ७७.४ प्रतिशत मात्र छ । राजस्व वृद्धिदर ९.६७ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्
MBL