Logo

कोशी र मधेश प्रदेशमा पनि इम्बोस्ड नम्बर प्लेट अनिवार्य, यी साधनले जडान गर्नैपर्ने

कोशी र मधेश प्रदेशमा पनि इम्बोस्ड नम्बर प्लेट अनिवार्य, यी साधनले जडान गर्नैपर्ने



काठमाडौं । सरकारले कोशी र मधेश प्रदेशमा संचालित सवारीसाधनमा पनि इम्बोस्ड नम्बर प्लेट जडानको कार्य अघि बढाएको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले कोशी प्रदेशमा फागुन १ देखि र मधेश प्रदेशमा आगामी जेठ १ देखि यो प्रणाली लागू हुने बताएको हो ।

laxmi

यसअघि बागमती र गण्डकी प्रदेशमा लागू भई जडान भईरहेको यस्तो नम्बर प्लेट अब यी दुई प्रदेशमा पनि लागू हुने भएको हो ।

राजपत्रमा सूचना प्रकाशित गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले फागुन एक गतेदेखि नयाँ सवारी र सवारी नामसारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेकाे हाे । यो व्यवस्था कोशी प्रदेशमा फागुन १ गतेदेखि नै लागू हुनेछ ।

खासगरी सरकारले सार्वजनिक सवारीसाधन, पर्यटक बोक्ने सवारीसाधन, निजी, सरकारी वा संस्थानका सवारीसाधनमा यो अनिवार्य गरेको हो । यस्तै मधेश प्रदेशमा भने जेठ १ देखि सवारी दर्ता प्रमाणपत्र नविकरण गर्दा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको छ ।

यातायात व्यवस्था विभागले बागमति र गण्डकी प्रदेशमा जडान गर्नका लागि इम्बोस्ड नम्बर प्लेट छापेर राखेको छ । अझ कोशी र मधेश प्रदेशका लागि पनि इम्बोस्ड नम्बर प्लेट छापेर पठाउने कार्य भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL