Logo

एयर साङ्ग्रीलाले जनवरीको दोस्रो हप्ताबाट अन्तराष्ट्रिय उडान भर्ने, नेपाली र सिङ्गापुरको संयुक्त लगानी

एयर साङ्ग्रीलाले जनवरीको दोस्रो हप्ताबाट अन्तराष्ट्रिय उडान भर्ने, नेपाली र सिङ्गापुरको संयुक्त लगानी


रामराजा श्रेष्ठ
0
Shares

रामराजा श्रेष्ठ

१० पुस, काठमाडौं । नेपालबाट नयाँ एयरलाइन्सले अन्तरराष्ट्रिय उडान शुरु गर्ने भएको छ ।  एयर साङग्रीलाले सन् २०१५ को जनवरी दोस्रो हप्ताबाट अन्तराष्ट्रिय उडान शुरु गर्न लागेको हो ।

व्यवसायीक उडान शुरु गर्ने सम्बन्धमा अन्तिम तयारी भइरहेको एयरलाइन्स स्रोतले जानकारी दिएको छ । ‘शुरुमा हामीले २ वटा एयरबसबाट व्यवसायीक उडान शुरु गर्ने छौं,’ उक्त स्रोतले भन्यो, ‘उक्त उडान जनवरीको ९ तारिखबाट गरिनेछ ।’ एयरलाइन्सले उडान गर्ने सम्बन्धमा छिट्टै नै पत्रकार सम्मेलन गरेर जानकारी दिने समेत उक्त स्रोतले बताएको छ ।

एयरलाईन्समा सिङ्गापुर र नेपालको संयुक्त लगानी रहेको छ । स्रोतका अनुसार उक्त एयरलाइन्सले मध्यपूर्वी देश र युरोपियन मुलुकहरुमा उडान भर्ने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL