Logo

पाँच महिनामा निर्जीवन बीमा कम्पनीले आर्जन गरे साढे १५ अर्ब बढि बीमा सुल्क, कसको कति ?

पाँच महिनामा निर्जीवन बीमा कम्पनीले आर्जन गरे साढे १५ अर्ब बढि बीमा सुल्क, कसको कति ?



काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा निर्जीवन बीमा कम्पनीले साढे १५ अर्ब रुपैयाँ भन्दा धेरै बीमा सुल्क आर्जन गरेका छन । सञ्चानमा रहेको १४ निर्जीवन बीमा र दुई लघुबीमा कम्पनीले मंसिर मसान्तसम्म आउँदा १५ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ बीमा सुल्क आर्जन गरेका हुन ।

laxmi

बीमा कम्पनीले मंसिर महिनमा मात्र ३ अर्ब १७ लाख रुपैयाँ खुद बीमा सुल्क आर्जन गरेका छन । चालु आर्थिक वर्षको पाँच महिनमा निर्जीवन बीमा कम्पनीको जारी बीमालेख संख्या ११ लाख ७२ हजार ४ सय ४७ वटा रहेको छ ।

मंसिर महिनामा मात्र बीमा कम्पनीको जारी बीमालेख २ लाख ७७ हजार ९ सय २३ वटा रहेको बीमा प्राधिकरणले जानकारी दिएको छ । चालु आर्थिक वर्षको पाँच महिनामा अर्बभन्दा माथि कुल बीमा सुल्क भएको निर्जीवन बीमा कम्पनीको संख्या ९ वटा रहेको छ । युनाइटेड अजोड इस्योरेन्स कम्पनीको बीमा सुल्क पाँच महिनामा १ अर्ब ७ करोड १२ लाख रुपैयाँ रहेको छ ।

यसैगरी, आइजिआई प्रूडेन्सियलले १ अर्ब ३८ करोड १२ लाख, सगरमाथा लुम्बिनीले १ अर्ब ९९ करोड ९७ लाख र सिद्धार्थ प्रिमियरले १ अर्ब ६५ करोड १९ लाख रुपैयाँ कुल बीमा सुल्क आर्जन गरेका छन । बाँकी ५ निर्जीवन बीमा कम्पनीको कुल बीमा सुल्क करोड रुपैयाँभन्दा माथि रहेको छ ।

कुन निर्जीवन बीमा कम्पनीको बीमा व्यवसाय कस्तो छ ? सूचीमा

प्रतिक्रिया दिनुहोस्
MBL