Logo

काठमाडौं – मस्को हवाई सम्पर्क स्थापित गर्न चेम्बर र रुसी महासंघले संयुक्त पहल गर्ने

काठमाडौं – मस्को हवाई सम्पर्क स्थापित गर्न चेम्बर र रुसी महासंघले संयुक्त पहल गर्ने



काठमाडौं । नेपाल चेम्बर अफ कमर्ससका पदाधिकारी र नेपाल भ्रमणमा रहेको रुसी महासंघको व्यवसायीक प्रतिनिधीबीच भेटवार्ता भएको छ । काठमाडौंको जमलस्थित चेम्बर अफ कमर्सको भवनमा भएको भेटवार्तामा दुई मुलुकबीच संयुक्त लगानी एवं व्यापारिक साझेदारी गर्नेबारे छलफल भएको हो । रुसी महासंघको प्रतिनिधी मण्डलसंग चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले काठमाडौं र मस्कोबीच सीधा हवाई सम्पर्क स्थापित गर्नका लागि पहल गर्नुपर्नेमा जोड दिए ।

laxmi

अध्यक्ष मल्लले भने, ‘नेपाल रुसबीचको कुटनीतिक सम्वन्ध बलियो छ, ‘सयौं नेपाली विद्यार्थीहरु इन्जिनियरिङ, चिकित्सालगायतका विषय अध्ययनका लागि जाने गरेका छन, रुसका तर्फबाट पनि वार्षिक १० हजारको हाराहारीमा नागरिकहरु नेपाल घुम्न आउने गरेको सन्र्दभमा सीधा हवाई सम्पर्क सञ्जाल बढाउन सकियो भने दुवै मलुकलाई फाईदा पुग्छ, ।’

नेपालमा काठमाडौंसँगै पोखरा अन्तराष्ट्रिय विमानस्थल र भैरहवा अन्तराष्ट्रिय विमानस्थल पनि सञ्चालनका क्रममा रहेकाले दुई मुलुकबीच सीधा हवाई सम्पर्क सञ्जाल विस्तार गरेर आर्थिक सहकार्य र व्यापारिक साझेदारी गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।

नेपालको कृषि, पर्यटन, उद्योग, एवं आईटी क्षेत्रमा लगानीको उच्च सम्भावना रहेको अध्यक्ष मल्लले बताए । रुसी लगानीको प्रतिफल सुनिश्चत गर्नका लागि नेपाल चेम्बर अफ कमर्सले पहल गर्ने अध्यक्ष मल्लको भनाई छ ।

चेम्बर पदाधिकारीहरुसंगको भेटमा रुसी महासंघको व्यवसायिक प्रतिनिधी मण्डलले पनि नेपालमा सीधा हवाई सम्पर्क सञ्जाल विस्तारका लागि आफुहरुले पहल गर्ने बताएका थिए । हवाई सम्पर्क स्थापित गर्नका लागि दुवै देशका सरकारसमक्ष संयुक्त पहल गर्नुपर्ने रुसी महासंघका प्रमुख एलेक्जेण्डर एल रेवासले बताए । दुई मुलुकबीच अन्य व्यपारिक क्षेत्रमा पनि सहकार्य गर्न सकिने उनको भनाई छ ।

चेम्बर पदाधिकारीसंगको भेटवार्तामा रुसी महासंघको टोलीले नेपालमा उत्पादन हुने चिया र यसको विश्वबजार बारे चासो राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL