Logo

विश्व बैंक र एडीबीबीच सहकार्यकाे सम्झौता, नेपालको जलविद्युत क्षेत्रकाे क्षमता अभिवृद्धिमा सहयोग गर्ने

विश्व बैंक र एडीबीबीच सहकार्यकाे सम्झौता, नेपालको जलविद्युत क्षेत्रकाे क्षमता अभिवृद्धिमा सहयोग गर्ने



काठमाडौं । नेपालको जलविद्युत क्षेत्रको विकासका लागि एशियाली विकास बैंक (एडीबी) र विश्व बैंकले एक आपसमा सहकार्य गर्ने सम्झौता गरेका छन् । खासगरी हालै अघि बढाउन लागिएका दुई परियोजना उपल्लो अरुण र दुधकोशी जलविद्युत आयोजना निर्माणमा विशेष ध्यान दिनेगरी सम्झौता भएको हो ।

laxmi

५ बर्षका लागि यी दुई परियोजनामा दुई दातृ निकायले विशेष जोड दिने गरी कोप २८ बैठकमा सम्झौता भएको हो । उक्त सम्झौतामा विश्व बैंक दक्षिण एशियाका लागि उपाध्यक्ष मार्टिन रेजर र एशियाली विकास बैंकका उपाध्यक्ष फातिमा एस्मिनले हस्ताक्षर गरेका हुन् ।

यो सम्झौतासँगै नेपालको जलविद्युत क्षेत्रमा नेपालले दातृ निकायबाट पाउने सहयोग पुर्ण रुपमा पाउन सक्ने विश्व बैंक एशियाली उपाध्यक्ष मार्टिन रेजरले बताए । यससँगै नेपालको जलविद्युत विकासका लागि दुई निकायको सहकार्यले नेपालले वित्तीय र नीतिगत सुझावहरु पाउनसक्ने उनको भनाई छ ।

उच्च सहरीकरण र जनसंख्या वृद्धिसँगै देखिएको विद्युत आपुर्तीको समस्यामा दुई निकायले सहजीकरण गर्नेगरी सम्झौता भएको एशियाली विकास बैंकका उपाध्यक्ष फातिमा एस्मिनले बताए । उनका अनुसार नेपालका स्वच्छ उर्जा विकासलाई विशेष ध्यान दिनेगरी संस्थाले हाल काम पनि गरिरहेको छ ।

उक्त सम्झौताले खासगरी उल्लेखखित दुई परियोजनामा देशसँगको सहकार्यलाई बढावा दिने, सह वित्तीय क्षमता वृद्धि गर्ने र जलवायु परिवर्तनमा काम गर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL