Logo

बैंकहरुलाई वित्तीय विवरण सार्वजनिक गर्न समय थप, १७ गतेसम्म सार्वजनिक गर्न पाउने

बैंकहरुलाई वित्तीय विवरण सार्वजनिक गर्न समय थप, १७ गतेसम्म सार्वजनिक गर्न पाउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई वित्तीय विवरण सार्वजनिक गर्ने समय अवधि थप गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण बैंकहरुले कात्तिक १७ सार्वजनिक गर्न समय पाउने भएका हुन् ।

laxmi

हालसम्म बैंकहरुले त्रैमास सकिएको सात दिनभित्र अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने ब्यवस्था थियो ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने समयमा दसैं बिदा परेकाले समय थप गरिएको राष्ट्र बैंक बैंक सुपरभिजन विभागका कार्यकारी निर्देशक देब कुमार ढकालले बताए । अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्ने समय थपिएको भए पनि अन्य सुबिधाहरु यथावत रहेको राष्ट्र बैंकले जनाएको छ

प्रतिक्रिया दिनुहोस्
MBL