Logo

नियामकको अस्पष्ट नीतिले लगानीकर्ता मारमा, सिआरएन रजिष्ट्रेसनमै बैंकले असुल्छन् ५० रुपैयाँ

नियामकको अस्पष्ट नीतिले लगानीकर्ता मारमा, सिआरएन रजिष्ट्रेसनमै बैंकले असुल्छन् ५० रुपैयाँ



काठमाडौं । आईपीओ भर्न सि–आश्वा रजिष्ट्रेशन नम्बर (सिआरएन) दर्ता गराउँदा बैंकहरुले ५० रुपैयाँ शुल्क लिने गरेको पाईएको छ । नियमन निकायको स्पष्ट नीतिको अभावका कारण कृषि विकास बैंकले डिम्याट खाता रजिष्ट्रेसन गराउँदा लिईसकेको शुल्क फेरि सिआरएन नम्बर दर्ता गराउँदा पनि लिने गरेको पाइएको हो। कृषि विकास बैंकले डिम्याट खाता खोल्दा लिने शुल्क र सिआरएन शुल्क भनेर दुई शिर्षकमा डिम्याट खाता खोल्ने ग्राहकसँग शुल्क लिने गरेको छ ।

laxmi

बैंकले यसरी दोब्बर दस्तुर लिएको भेटिएपछि वैदेशिक रोजगारीमा रहेर आईपीओमा आवेदन दिने एक व्यक्तिले नेपाल सिडिएस एण्ड क्लियरिङ कम्पनीमा उजुरीसमेत दर्ता गराएका थिए । उनले कृषि विकास बैंकले डिम्याट खाता खोल्दा बेग्लै शुल्क लिने र फेरी सिआरएन नम्बर दर्ता गराउनको लागि भन्दै छुट्टै शुल्क लिने गरेको भन्दै सिडिएससीमा उजुरी दिएका थिए ।

नेपाल सिडिएससी एण्ड किलियरिङ हाउसका एक अधिकारीका अनुसार अन्य बैंक तथा वित्तीय संस्थाले हालसम्म सिआरएन नम्बर दर्ता गराउँदा कुनै पनि शुल्क लिएको छैनन् । तर, कृषि विकास बैंकले भने ५० रुपैयाँ लिने गरेको कुरा सिडियसीका एक अधिकारीले पनि स्वीकार गरे । बैंक तथा वित्तीय संस्थाले डिम्याट खाता खोले वापत ग्राहकबाट केहि रकम लिन पाउने र छुट्टै सिआरएन नम्बरको लागि भनेर पैसा लिन नपाउने व्यवस्था रहेको ती अधिकारी बताउँछन ।

‘बैंकले डिम्याट रजिष्टे«सन चार्ज, डिम्याटको वार्षिक सेवा शुल्क, मेरो सेयर रजिष्टे«सन चार्ज, मेरो सेयर नविकरण शुल्क, रिम्याट चार्ज, प्लेज चार्ज र फ्रिज चार्ज लिन पाउने व्यवस्था धितोपत्र बोर्डले गरेको छ,’ ती अधिकारी भन्छन, ‘तर, बोर्डले सिआरएन रजिष्ट्रेसन शुल्क भनेर कुनै पनि चार्ज लिन पाउने व्यवस्था कतै पनि गरिएको छैन ।’

सिडिएसीका ती अधिकारीका अनुसार बैंकले लिएको उक्त चार्ज गैर कानुनी हो । ‘बैंकमा कुनै पनि ग्राहकले डिम्याट खाता खोल्दा सिआरएन नम्बर एउटै प्रक्रियाबाट दर्ता हुने नम्बर हो ।,’ ती अधिकारी थप्छन्, ‘बैंकले सिआरएन नम्बर भनेर छुट्टै पैसा लिन पाउँदैनन् भने अन्य बैंकले लिएको पनि पाइएको छैन ।’ कृषि विकास बैंकले लिएको उक्त शुल्कको बारेमा बुझेर कारबाही प्रक्रिया अगाडी बढाउनु परे प्रक्रिया अगाडी बढाउनको लागि धितोपत्र बोर्डमा कुरा राखिने ती अधिकारी बताउँछन ।

कृषि विकास बैंकले पनि सिआरएन रजिष्ट्रेसन मार्फत प्रति व्यक्ति ५० रुपैयाँ लिने गरेको कुरा आफ्नो वेबसाईडमा उल्लेख गरेको छ । बैंकले डिम्याट रजिष्टे«सन चार्ज ५० रुपैयाँ, डिम्याटको वार्षिक सेवा शुल्क १ सय रुपैयाँ, मेरो सेयर रजिष्टे«सन चार्ज ५० रुपैयाँ, मेरो सेयर नविकरण शुल्क ५० रुपैयाँ, रिम्याट चार्ज ५० रुपैयाँ, प्लेज चार्ज ५० रुपैयाँ र फ्रिज चार्ज २५ रुपैयाँ लिने गरेको जानकारी दिएको छ । यी शुल्कहरु लिन बैंकलाई नेपाल धितोपत्र बोर्डले नै स्वीकृति दिएको छ ।

यसैगरी, आईपीओ भर्दा जुन सुकै बैंकले पनि सिआस्वा सेवा सुल्क वापत ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था रहेको छ । गत भदौबाट नेपाल धितोपत्र बोर्डले सिआश्वा सेवा दिएपावत ५ रुपैयाँमात्र सेवा शुल्क लिन पाउने व्यवस्था गरेको थियो । उक्त व्यवस्था लागु हुनुभन्दा अगाडी बैंकहरुले मनपरी सिआश्वा शुल्क लिने गरेका थिए । बैंकहरुले १० रुपैयाँदेखी १ सय रुपैयाँसम्म यस्तो सुल्क लिने गरेका थिए ।

यसरी, बैंक तथा केहि निकायले मनपरी रकम असुल्दा सेयरमा आवेदन दिने लगानीकर्ता मारमा परेको भन्दै बोर्डले सिआश्वा शुल्क वापत ५ रुपैयाँभन्दा धेरै लिन नपाउने व्यवस्था गरेको थियो । तर, सिआरएन शुल्क वापत बोर्ड तथा सिडिएसीले कतै पनि यती शुल्क लिन पाउने भनेर व्यवस्था भने गरेका छैनन् ।

नियामक निकायले कतै पनि उक्त शुल्कको बारेमा लिन पाउने वा नपाउने भनेर उल्लेख नगरेका कारण यो शुल्क लिँदा नि केहि फरक नपर्ने भन्दै कृषि विकास बैंकले लामो समय देखि सिआरएन शुल्क लिइरहेको छ । कृषि विकास बैंकका एक अधिकारीका अनुसार यसको व्यवस्था कतैबाट पनि स्वीकृत नभएको कारण यो शुल्क बैंकले लिने गरेको छ ।

‘हामीले यो शुल्क लिन पाउने कि नपाउने भनेर धितोपत्र बोर्ड तथा सिडिएसीमा पनि छलफल गरेका थियौं ।,’ बैंकका ती अधिकारी भन्छन, बोर्ड तथा सिडिएसीले नै यसको बारेमा कुनै व्यवस्था नभएको र लिए पनि हुने, नलिँदा पनि फरक नपर्ने भनेपछि उक्त शुल्क हामीले लिइराखेका छौं ।’

बैंकका ती अधिकारीका अनुसार नियमक निकायबाट कुनै पनि निर्देशन नभएको कारण उक्त शुल्क लिईएको बुझिएको छ । नियामक निकायको अस्पष्ट नीतिका कारण लगानीकर्तालाई दोब्बर दस्तुर तिरेर आईपीओ भर्नको लागि खाता खोल्न बाध्य भएको लगानीकर्ताको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्
MBL