Logo

लगातार उकालो लाग्दै कच्चा तेलको मूल्य, ३ महिनामै प्रतिब्यारल २१ डलरले बढ्यो

लगातार उकालो लाग्दै कच्चा तेलको मूल्य, ३ महिनामै प्रतिब्यारल २१ डलरले बढ्यो



काठमाडौं । पछिल्लो समय विश्व बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य लगातार उकालो लागिरहेको छ । केहि समय अघि मात्रै साउदी अरब र रुसले तेल उत्पादनमा कटौति गर्ने घोषणा गरेसँगै पछिल्लो समय विश्व बजारमै तेलको मूल्य उकालो लाग्ने अवस्थामा छ ।

laxmi

हाल विश्व बजारमा ब्रेन्ट कच्चा पेट्रोलियमको मूल्य प्रतिब्यारल ९३ रुपैयाँको आसपासमा पुगेको छ । यो मूल्य तीन महिना अघिको तुलनामा करिव २१ डलरले बढी हो । अझ भनौं गएको मंगलबार मात्रै ब्रेन्ट कच्चा पेट्रोलियमको मूल्य बढेर ९५ डलर प्रतिब्यारल पुगेको थियो । यो गत नोभेम्बरदेखिकै उच्च मूल्य हो । यस्तै सेप्टेम्बरमै मात्रै कच्चा तेलको मूल्य करिव १० प्रतिशतले वृद्धि भईसकेको छ ।

खासगरी अमेरिकी अर्थतन्त्रमा केहि सानोतिनो प्रभाव पर्नेवित्तीकै यसको असर तेल र ग्याँसको विश्वबजारको मूल्यमा पर्ने विज्ञहरु बताउँछन् । जसअनुसार हालै अमेरिकामा आएको आँधिबेहरीको प्रभाव पनि यसमा देखिएको बताईएको छ । यस्तै यसै महिनाको सुरुवातिमै साउदी अरब र रुसले गरेको तेल कटौतिको घोषणाको असर पनि यसमा परेको बताईएको छ ।

यस्तै पछिल्लो समय विश्वको दोस्रो ठुलो अर्थतन्त्र मानिने चीनले पनि उत्पादनमुलक र यातायात क्षेत्रका उद्योगहरुको दिगोपनाका लागि भन्दै लगातार उच्च मूल्यमा तेल आयात गरेपछि पनि यसको मूल्य बढेको देखिन्छ । साथै यो बर्ष अमेरिकामा बढेको उच्च तापक्रमले त्यहाँका रिफाइनीङ कम्पनीहरुले तेलको उत्पादनमा कटौति गरेका थिए ।

यी र यस्तै कारणले विश्वबजारमा कच्चा तेलको मूल्य लगातार उकालो लागेको बताईन्छ । नेपालमा पनि पछिल्लो २ महिनादेखि लगातार तेलको मूल्य बढिरहेको छ । अझै आगामी दिनमा पनि तेलको मूल्य उकालो लाग्ने सम्भावना देखिएको नेपाल आयल निगमका अधिकारीहरु बताउँछन् । हाल नेपाली बजारमा पेट्रोल प्रतिलिटर १ सय ८३ रुपैयाँ, डिजेल १ सय ७३ र ग्याँस प्रतिसिलिण्डर १८ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ ।

अघिल्लो बर्ष कोरोना महामारीको अन्त्य हुँदै गर्दा वस्तु मागमा उच्च वृद्धि भएपछि अन्तरराष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य हालसम्मकै उच्च पुगेको थियो । त्यसपछि लगातार ओरालो लागेको कच्चा तेलको मुल्य ७२ डलर प्रतिब्यारलसम्म पुगेको थियो । तर, पुनः विश्व अर्थतन्त्रमा देखिएका विभिन्न चुनौतिका कारण यसको मूल्य पुरानै लयमा फर्किनसक्ने अर्थविद्हर बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL