Logo

तीन प्रतिशतसम्मले घट्यो अन्तरप्रदेश चल्ने गाडीको भाडा, कहाँ पुग्न कति ?

तीन प्रतिशतसम्मले घट्यो अन्तरप्रदेश चल्ने गाडीको भाडा, कहाँ पुग्न कति ?



काठमाडौं । सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीसाधनको भाडादर घटाएको छ । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएपछि यातायात व्यवस्था विभागले लामाु दूरीका सार्वजनिक सवारीसाधनको भाडादर घटाएको हो ।

laxmi

विभागले पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशत घटबढ हुनेवित्तीकै स्वचालित रुपमा सार्वजनिक सवारीसाधनको भाडादर पनि घटबढ हुने व्यवस्था गरेको छ ।

सोही अनुसार अब यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, पहाडमा चल्ने मालवाहक सवारीसाधनको २.७८ र तराईमा चल्ने मालबहाक सवारीसाधनको ३.०९ प्रतिशतले भाडा घटाएको हो ।

यसअघि नेपाल आयल निगमल पेट्रोलियम पदार्थको मूल्य घटाएपनि विभिन्न स्थानका लागि छुट्टाछुट्टै मूल्य तोकिदिएपछि यातायात व्यवस्था विभागलाई सार्वजनिक सवारीसाधनको भाडा समायोजन गर्दै मुस्किल परेको थियो । तर, अब भने भाडादर समायोजन भएको विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले जानकारी दिए ।

[googleapps domain=”drive” dir=”file/d/1Lxr6fba16OpPpW2Oedxa9Sgo6IOH3p6f/preview” query=”” width=”100%” height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL