Logo

राष्ट्र बैंकले भन्यो–ब्याजदर न्यून हुँदा पुँजी पलायन हुन्छ, ऋणीको मात्र हैन निक्षेपकर्ताको हित पनि हेर्नुपर्छ

राष्ट्र बैंकले भन्यो–ब्याजदर न्यून हुँदा पुँजी पलायन हुन्छ, ऋणीको मात्र हैन निक्षेपकर्ताको हित पनि हेर्नुपर्छ



काठमाडौं । आगामी आर्थिक बर्षको मौद्रिक नीतिमा बैंकको ब्याजदर घट्ने खालको कुनै नीति नल्याउने पक्षमा नेपाल राष्ट्र बैंक देखिएको छ । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. निलम ढुंगानाले ब्याजदर न्यून हुँदा पुँजी पलायन हुने जानकारी दिएकी छिन ।
उनले बैंक तथा वित्तीय संस्थाहरुको कर्जालाई सुरक्षित बनाउने अभियानमा राष्ट्र बैंक लागिपरेको बताइन । नेपाल वित्तीय संस्था कर्मचारी संघले आयोजना गरेको कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै कार्यवाहक गभर्नरसमेत रहेकी डा. ढुंगानाले मुद्रास्फीतिलाई अझै कम गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।

laxmi

ब्याजदर क्रमशः कम हुँदै गैरहेको तर मुद्रास्फीतिभन्दा कम बनाउन नहुने उनले स्पष्ट पारिन् । अन्यथा पुँजी पलायन हुने जोखिम आउनेतर्फ पनि सचेत हुनुपर्नेमा उनले जोड दिइन् । मौद्रिक नीतिले कर्जा मात्रै नभई निक्षेपकर्ताले भोग्ने मूल्यवृद्धि अनुसारकै व्याजदर पनि पाउनुपर्ने कुरा समेट्नुपर्ने उनको तर्क थियो ।

निक्षेपकर्ताहरुको हित संरक्षणमा राष्ट्र बैंकले ध्यान दिने पनि उनको भनाइ छ । पुँजी बजारलाई पुँजी संकलनको दीर्घकालीन स्रोतका रूपमा लिइएको भए पनि बैंकको ऋण मै पुँजी बजारको वृद्धि विकास निर्भर हुन नहुने उनले बताइन् । मर्जरमा १० प्रतिशतभन्दा बढी बजार हिस्सा ओगट्न नसक्ने अवस्था हेर्ने गरिएको उनले स्पष्ट पारिन् ।

प्रतिक्रिया दिनुहोस्
MBL