Logo

डेढबर्षमा उपत्यकाका प्रमुख सडक झिलीमिली हुँदै, १ हजार ८५ ओटा सौर्य बत्ती जडान गर्ने तयारी

डेढबर्षमा उपत्यकाका प्रमुख सडक झिलीमिली हुँदै, १ हजार ८५ ओटा सौर्य बत्ती जडान गर्ने तयारी


रक्षा रेग्मी
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकामा १ हजार ८५ सौर्य बत्ती जडान गर्ने भएको छ । आगामी डेढ बर्षभित्र उपत्यकाका प्रमुख सडकमा सोलार जडान गर्न लागेको महानगरपालिकाका पव्लिक प्राइभेट पाटनरसिप -पीपी) प्रमुख शिव अधिकारीले जानकारी दिए । उनका अनुसार मूख्य सडकहरुमा सार्वजनिक नीजि साझेदारी अवधारणा अन्तर्गत सोलार बत्ती जडान गर्न लागेको हो ।

काठमाडौंका मूख्य सडकहरुलाई उज्यालो बनाउने उद्देश्यका साथ यो कार्यक्रम अगाडी बढाइएको उनले जानकारी दिए । यसका लागि महानगरपालिकाले गत २७ गते सूचना निकालेको थियो । जसअन्तर्गत सोलार प्यानल राख्न इच्छुक कम्पनीले आवेदन दिन सक्नेछन् । हालसम्म १५ ओटा भन्दा बढी कम्पनीले महानगरपालिकाको फारम भरिसकेको अधिकारी बताउँछन् । महानगरले आगामी १२ गतेसम्मका लागि आवेदन खुल्ला गरेको हो ।

महानगरले पहिलो चरणमा आवेदन हालेका कम्पनीमध्येबाट योग्यता का आधारमा केही कम्पनी छान्नेछ । दोश्रा चरणमा पुन त्यमध्येबाट पनि उत्कृष्ट कम्पनी छानेर सोलार जडानको जिम्मा दिने बताइएको छ ।

सौर्य बत्ती जडानका लागि महानगरले ३ छुट्टा छुट्टै खण्ड पहिचान गरेको छ । जसअनुसार कलंकी देखि माइतिघर, केशरमहल चोक देखि ठमेल , क्षेत्रपाटी हुँदै सोह्रखुट्टेसम्म सोलार राखिने छ । त्यस्तै सोह्रखुट्टेबाट बालाजु र नयाँ बसपार्कमा गरी पहिलो खण्डमा४ सय पोल गाडिने छ ।

त्यस्तै दोश्रो खण्डमा दरवारमार्गदेखि काठमाडौं प्लाजा, कृष्ण पाउरोटी तथा गौशालामा सोलार राखिने छ । त्यस्तै ज्ञानेश्वर देखि मैतीदेखि ,बत्तीसपुतली र मैतीदेखि (दिल्लीबजार पुतलीसडकमा जोडिने बताइएको छ । सो खण्डमा ३ सय ओटा सौर्य बत्ती जडान गरिने बताइएको छ ।

महानगरले पहिचान गरेको तेस्रो जोनमा ३ सय ८५ पोल राखिने छ । सो खण्ड अन्तर्गत पुरानो बानेश्वर, रत्नराज्य स्कुल हुँदै संखमुल पुलसम्म, तिनकुने कोटेश्वरहुँदै नरेफाँट र पुरानो बानेश्वर, भिमशेनगोला हुँदै सिनामंगल चोकसम्म सौर्य बत्ती जडान गरिने छ ।

एउटा पोलका लागि १ लाख ५० हजार रुपैयाँ लाग्ने बताइएको छ । सोलार जडानका लागि आवश्यक पूर्वाधार तथा लागत सम्वन्धित कम्पनीले नै वेहोर्ने छ । सम्वन्धित कम्पनीले सोलारको पोलमा विज्ञापन राखेर आम्दानी गर्ने बताइएको छ । ‘ सोलारको पोलमा अन्य कम्पनीलाई विज्ञापन राख्न दिन्छ ’  उनले भने ‘सो विज्ञापन राखेबापत पैसा लिएर आम्दानी गर्छ । ’ पोलमा राखिने विज्ञापनको बोर्ड ग्लोसाइन बोर्ड हुनुपर्ने नियम छ ।

सम्वन्धित कम्पनीले एउटा पोलको बार्षिक ७ हजार ८ सय रोयल्टी बुझाउनुपर्ने छ । यसरी १ हजार ८५ ओटा पोलबाट बार्षिक कम्तिमा ८४ लाख ६३ हजार रोयल्टी उठाउँछ । त्यस्तै महानगरपालिकाले विज्ञापन राख्ने कम्पनीबाट विज्ञापनको कर समेत लिने छ । स्वीकृति भएको प्रस्तावले १ बर्षको निर्माण अवधिबाहेक १० बर्षपछि सो सोलार,व्याटि तथा विज्ञापन स्वत महानगरपालिकाको हुने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL