Logo

प्रभु बैंकलाई लक्जेम्बर्गको एमएसएमई ईन्टरप्राईजेज बन्ड एसएबाट ५० लाख डलर बराबरको ऋण सुविधा प्राप्त

प्रभु बैंकलाई लक्जेम्बर्गको एमएसएमई ईन्टरप्राईजेज बन्ड एसएबाट ५० लाख डलर बराबरको ऋण सुविधा प्राप्त



काठमाडौं । प्रभु बैंकले ५० लाख डलर बराबरको ऋण सुबिधा लक्जेम्बर्गको एमएसएमई ईन्टरप्राईजेज बन्ड एसएबाट प्राप्त गरेको छ । बिश्व बाताबरण दिबसका दिन हरित लगानीअन्तर्गत विद्युतीय सवारी साधनहरूमा लगानी गर्न ४ बर्ष अबधिका लागी उक्त रकम बैंकले प्राप्त गरेको हो ।

जलबायु परिवर्तनले आक्रन्त बिश्व, यस्को प्रभाबबाट मुक्ति पाउन प्रयासरत छ । बैंकलाई प्राप्त उक्त रकम सार्बजनिक यातायात र ब्यक्तिगत प्रयोजनका लागी प्रयोग हुने विद्युतीय सवारीसाधनहरू खरीद तथा आयातका लागि सहज रुपमा उपलब्ध गराईनेछ ।

साथै बैंकले बैकल्पिक उर्जा तथा एमएसएमई ब्यबसाय प्रबर्द्धनका लागि अन्य अन्तरास्ट्रिय संस्थाहरुसङ्ग पनि सहकार्यका लागि पहल गरिरहेको र निकट भबिस्यमै उक्त पहलले सार्थकता पाउने पनि बिश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL