Logo

आईएमएस “इमेज” बदल्न हैन बिस्तार गर्न खोजिरहेको छ

आईएमएस “इमेज” बदल्न हैन बिस्तार गर्न खोजिरहेको छ


रामराजा श्रेष्ठ
0
Shares

दिर्घकालिन रुपमा नेपालको तुलनात्मक लाभको क्षेत्र भनेको पर्यटन उद्योग नै हो । नेपाललाई बुद्ध जन्मेको देश, सगरमाथाको देश भनेर चिन्छन् । यदि यी २ चीजलाई मात्र सहि रुपमा प्रचारप्रसार गर्न सकियो भने नेपालमा प्रसस्त पर्यटक भित्र्न्छन् ।

देशको अवस्था अनुसार व्यापार व्यवसायमा विविधिकरण गरी नयाँ क्षेत्र खोजिगरेका हौं । हाल मोवाइल, ज्वेलरी, अपार्टमेन्ट तथा गाडी व्यवसाय शुरु गरेको आईएमएस ग्रूपले केही समयभित्रै १० मेगावाटको सोलार प्लाण्ट संचालनमा ल्याउने तयारी गरेको छ भने दिर्घकालिन रुपमा पर्यटन व्यवसायलाई केन्द्रित गरेको छ । लगानीनै सुरक्षित गर्ने हो भने घरजग्गा ठिक छ तर त्यसले आफ्नो क्षमता देखाउन सकिँदैन । देशमा पूर्वाधारको विकास तथा लगानीमैत्री वातावरण नभएको उद्योग कलखारखाना स्थापना गर्नु ठिक छैन । नेपालको उद्योग व्यवसायमा देखिएको समस्या तथा कम्पनीको भावी योजनाका विषयमा केन्द्रित रहेर आईएमएस ग्रूपका अध्यक्ष दिपक मलहोत्रासँग गरिएको कुराकानीको सार ः

आईएमएस भन्नासाथ मोवाइल विजनेशको जुन ‘इमेज’ आउथ्यो अव यसलाई बदल्दै अन्य व्यवसायमा पनि लैजान लाग्नु भएको हो ?

यसको ‘इमेज’ बदल्न खोजेका होइनौं । आईएमएस भन्ने वित्तिकै मोवाइल फोन अर्थात सामसुङ मोवाइल भन्ने बुझिन्छ । कुनै पनि व्यापार व्यवसायलाई विविधिकरण गर्नु जरुरी हुन्छ । जस अनुसार अन्य क्षेत्रमा पनि विस्तार गरिएको हो । तर, त्यसो भन्दैमा मोवाइ व्यवसायलाई कम प्राथमिकतामा राखेको होइन । आगामी दिनमा सामसुङ मोवाइलको विक्री वितरणलाई अझ द्वुत गतिमा अघि बढाउने छौं । अहिले आईएमएस मोटरलाई छुट्टै टिमले अघि बढाएको छ । समग्रमा भन्नु पर्दा यो व्यापारमा विविधीकरण नै हो ।

कुनै एउटा निश्चित क्षेत्रमा सफल भएको व्यवसायी अन्य क्षेत्रमा लगानी विस्तार गरिरहनु भएको छ । किन अन्य क्षेत्र खोजी रहनु भएको छ ?

देशको अवस्था अनुसार व्यापार व्यवसायमा विविधिकरण गर्न खोजेका हौं । एउटा मात्र व्यवसायमा स्थिर रहदा कुनै पनि बेला समस्यामा पर्न सकिन्छ । यदि धेरैवटा व्यवसायलाई सँगसँगै अघि बढाउने हो भने एउटामा समस्या पर्दा अर्कोबाट रिकभर गर्न सकिन्छ । उदाहरणका रुपमा केही समय अघि घरजग्गा व्यवसायी र सेयर बजारका लगानीकर्ताहरु एउटै मात्र व्यवसायमा केन्द्रित हुदा समस्यामा परे । यदि विस्तारै धेरै वटा व्यवसायलाई अघि बढाउने हो भने त्यस्तो समस्या आउँदैन र आइएमएस पनि त्यहि सिद्धान्तलाई अंगालेर अघि बढेको छ ।

dipak-malhotra

 

लगानीकर्ता हिच्किचाइरहेका वेला आइएमएसले थप लगानीको लागि आफुलाई अघि बढाएको छ । के अव लगानीको वातावरणमा सुधार आएको हो ?

पहिलो कुरा कुन क्षेत्रमा लगानी गर्ने हो त्यसमा भर पर्छ । अहिलेको अवस्थामा उद्योग कलकारखानामा लगानी गर्नु ठिक छैन । उद्योग मैत्री वातावरण छैन । तर, ट्रेडिङ व्यवसायमा त्यति धेरै समस्या छैन । व्यापारका लागि उद्योगलाई जस्तो ठूलो पूँजी र जनशक्तिको आवश्यकता पर्दैन । यदि समस्या उत्पन्न भयो भने कुनै पनि समय बन्द गर्न सकिन्छ । व्यापारमा सहज प्रवेश र सहज निष्काशनको व्यवस्था छ । तसर्थ ट्रेडिङ व्यवसायमा लगानी गर्न कुनै पनि बेला पनि समस्या छैन ।

मोवाइल, ज्वेलरी हूँदै गाडीसम्मको ट्रेडिङ व्यवसायलाई नै अघि बढाइरहनु भएको छ । ट्रेडिङमै केन्द्रित गराइराख्नुको कारण ?

पहिलो कुरा त सहज निष्काशन नै हो । उद्योग व्यवसायमा प्रवेश गर्न तथा निस्कन एकदमै कठिन छ । त्यस्तै लगानीमैत्री वातावरण पनि छैन । व्यापार भनेको आफु अनुकुल संचालन गर्न सकिन्छ । यसमा धेरै ठूलो तनाव लिइरहनु पर्दैन । बढी नाफा नै कमाउने हो भने उद्योग कलकारखानामै लगानी गर्नु पर्छ । तर, उद्योगमा लगानी गर्न पूर्वाधार छैन भने विजुलीको त्यतिकै ठूलो समस्या छ । तसर्थ देशको परिस्थिती अनुसार आईएमएसको लगानी व्यापार मै केन्द्रित हुने छ ।

त्यसो भए दिर्घकालिन रुपमा उद्योगमा पनि लगानी गर्ने योजना छ कि छैन ?

दिर्घकालिन रुपमा आईएमएसले पर्यटन उद्योगमा लगानी गर्ने छ । सरकार तथा निजी क्षेत्रले लगानीका लागि जलविद्युत, कृषि जस्ता विषयमलाई प्राथमिकता दिएको छ । तर दिर्घकालिन रुपमा नेपालको तुलनात्मक लाभको क्षेत्र भनेको पर्यटन उद्योग नै हो । नेपाललाई बुद्ध जन्मेको देश, सगरमाथाको देश भनेर चिन्छन् । यदि यी २ चीजलाई मात्र सहि रुपमा प्रचारप्रसार गर्न सकियो भने नेपालमा प्रसस्त पर्यटक भित्र्न्छन् । सवै धर्मको एउटा केन्द्र छ । मुस्लिमहरु हज गर्नका लागि साउदी अरव जान्छन् भने आगामी दिनमा संसारभरको बुद्धिष्टहरुको केन्द्र नेपाल हुने छ । त्यसैलाई केन्द्रित गरेर आईएमएसले भविश्यमा पर्यटन उद्योगमा लगानी गर्ने छ ।

पछिल्लो समय आईएमएसले अटो व्यवसाय शुरु गरेको छ । के सहज र लगानी सुरक्षित गर्नकै लागि यो व्यवसाय अंगालेको हो ?

लगानी सुरक्षितका लागि भन्दा पनि आफुमा के दक्षता छ सोही अनुसार व्यवसाय गर्ने हो । आईएमएसले आफैमा एउटा ब्राण्ड इमेज बनाएको छ । त्यस्कै ब्राण्ड इमेजलाई अटो व्यवसायमा केन्द्रित गर्न खोजेको हो । अटो व्यवसाय जो पायो त्यसले गर्न सक्दैन । यस विभिन्न तह पार गर्नु पर्छ । आयातदेखि विक्री पछिको सेवासुधिवालाई समेत ध्यान दिनु जरुरी छ । यदि लगानी सुरक्षितकै लागि हो भने जग्गामा लगानी गर्नुहोस कहिले पनि घट्दैन । तर, जग्गामा लगानी गर्दा आफ्नो क्षमता देखाउन सकिँदैन ।

अटो व्यवसाय एकदमै झण्झटिलो हुँदाहुँदै पनि ठूला घरनाहरु केन्द्रित भएका छन् । के यसमा नाफा बढी हो ?

यो व्यवसाय गर्न सजिलो छैन भने नाफा पनि कम छ । विश्वमा नाम चलेको ब्राण्डको एजेन्सी लिन पाउनु ठूलो कुरा हो । जजसले जुन गाडीको ब्राण्ड लिएका छन् त्यो विश्वप्रख्यात ब्राण्ड नै छन् । ठूलै व्यवसायीक घराना भएपनि अरुले चलाइरहेको ब्राण्ड चलाउन सक्दैनन् । नेपालमा केही व्यवसायीक घराना अटोमा छन् भने कुनै मोवाइलमा । यो नाफा भन्दा पनि क्षमता र दक्षतामा गरिने व्यवसाय हो ।

आईएमएस ब्राण्डमा मोवाइल, गाडी, अपार्टमेन्ट हुँदै ज्वेलरी पनि आउँदैछ । आगामी दिनमा नेपाली उपभोक्ताले यो ब्राण्डबाट के–के उपयोग गर्न पाउँछन् ?

नयाँ व्यवसाय भनेको गाडी मात्रै हो । अन्य सवै पुरानै व्यवसाय हुन् । त्यसलाई आईएमएस ब्राण्डमा परिवर्तन गर्न लागिएको मात्र हो । २२ भन्दा बढी मोवाइल सर्भिस सेन्टर आईएमएसमै नाममा संचालन छन् । आगामी दिनमा आईएमएसको नाममा हाइड्रोपावर संचालनमा ल्याउने छौं । अहिले १० मेगावाटको सोलार प्लाष्ट संचालन गर्ने तयारी गरेका छौं । सरकारसँग विद्युत खरिद सम्झौता हुने वित्तिकै कार्यान्वयमा ल्याउने छौं ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL