Logo

सार्क चेम्बरको उपाध्यक्षमा चण्डीराज ढकालको निरन्तरता, महासंघले गर्यो २ वर्षको लागि मनोनित

सार्क चेम्बरको उपाध्यक्षमा चण्डीराज ढकालको निरन्तरता, महासंघले गर्यो २ वर्षको लागि मनोनित



काठमाडौं । सार्क चेम्बरको उपाध्यक्षमा चण्डीराज ढकालले निरन्तरता पाएका छन् । सार्क चेम्बरको उपाध्यक्ष नेपालले पाउँदै आएकोमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चण्डीराज ढकाललाई मनोनित गर्दै थप २ वर्षका लागि निरन्तरता दिएका हुन् ।

laxmi

सार्क चेम्बरमा नेपालको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघले मनोनित गरेर पठाउँदै आएको छ । सोही अनुरुप महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले चण्डीराज ढकाललाई आगामी दुई वर्षका लागि मनोनित गरेका हुन् । सार्कको उपाध्यक्षमा आफ्नो निरन्तरता भएसँगै उक्त समितिमा नेपालको तर्फबाट सार्कको कार्यसमितिमा १० जना र महासभामा १० गरी २० जना व्यवसायीहरु छनौट गरेर पठाईने समेत ढकालले जानकारी दिए । ‘हाल सार्कमा पठाउनका लागि सदस्य छनौटको काम भैरहेको छ,’ उनले भने, ‘केही समयभित्रै यसविषयमा टुङ्गो गलाएर पूर्णता दिनेछौं ।’

यसैगरी नेपालले सन २०२३ को जुलाईमा हुने १६ औं चाइना साउथ एशिया विजनेश फोरमको आयोजना नेपालमा गर्नेछ । उक्त फोरमको अध्यक्षता समेत नेपालले नै गर्ने भएको छ ।

हाल सार्क चेम्बरको अध्यक्षता पाकिस्तानले गर्दै आएको छ । पाकिस्तानको कार्यकाल यहिँ मे २५ बाट सकिँदै छ । पाकिस्तानपनि सार्कको अध्यक्षता समेत नेपाले गर्ने सम्भावना रहेको छ । तर आगामी कार्यकालका लागि सार्कको अध्यक्षता नेपाल वा वंगलादेशमध्ये कसले गर्ने भन्ने विषयमा टुङ्गो लागिसकेको छैन । यदि नेपालले पाएको खण्डमा सार्क चेम्बरको अध्यक्ष चण्डीराज ढकाले हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL