Logo

विश्व बैंकले नेपाललाई पौने १६ अर्ब अनुदान दिने, शैक्षिक क्षेत्र सुधारमा खर्च गरिने

विश्व बैंकले नेपाललाई पौने १६ अर्ब अनुदान दिने, शैक्षिक क्षेत्र सुधारमा खर्च गरिने



काठमाडौं । विश्व बैंकले नेपालका प्रमुख विद्यालयहरुका लागि भन्दै नेपालले १२ करोड अमेरिकी डलर (१५ अर्ब ८४ करोड४५ लाख ३६ हजार रुपैयाँ) बराबर वित्तीय अनुदान दिने भएको छ । विश्व बैंकका कार्यकारी निर्देशकहरुको बोर्ड बैठकले नेपालका प्रमुख सरकारी विद्यालयको शैक्षिक सुधार कार्यान्वयनका लागि उक्त वित्तीय सहयोग गर्ने निर्णय गरेको हो ।

laxmi

यसअघि नेपाल सरकारले अघि सारेको विद्यालय शिक्षा क्षेत्र कार्यक्रमलाई अझ सहयोग पुर्याउन विद्यालय क्षेत्र रुपान्तरणको कार्यक्रममार्फत उक्त अनुदान स्वीकृत गरिएको हो । यसले विद्यालय क्षेत्रमा सिकाई प्रविधि विकास गर्न, शिक्षकको भूमिका बढाउन र मुख्य विषयका शिक्षकहरुको उत्पादनमा स्थानीय सरकारलाई सहयोग पुर्याउने काम गर्नेछ ।

यो कार्यक्रमले नेपाल सरकारको शैक्षिक सुधार गर्ने भिजनलाई अझ बढी सहयोग पुर्याउने माल्दीभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशिय निर्देशक फरिस हदाद जर्भसले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL