Logo

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जरसम्बन्धी अन्तिम सम्झौता, हेमराज ढकाल अध्यक्ष हुने

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जरसम्बन्धी अन्तिम सम्झौता, हेमराज ढकाल अध्यक्ष हुने



काठमाडौं । आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले मर्जरका लागि अन्तिम सम्झौता गरेका छन् । दुवै कम्पनीको डीडीए रिपोर्ट आएपछि पूर्वनिर्धारित स्वाप रेसियो १ः१ मा आपसमा मर्जरमा जाने अन्तिम सम्झौता भएको हो ।

मर्जर सम्बन्धी अन्तिम हस्ताक्षर कार्यक्रममा प्रमख अतिथिको रुपमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडल उपस्थिति भएको हो ।

कम्पनीले नेपाल बीमा प्राधिकरणबाट जारी भएका निर्देशनहरु तथा नीति, नियमहरुको पालना गर्दै बीमा क्षेत्रमा बढ्दै गएको तिव्र प्रतिस्पर्धा तथा अवसरहरुलाई ध्यानमा राखी एक सवल र सक्षम बीमा कम्पनीको रूपमा स्थापित गर्ने बताएको छ ।

दीर्घकालसम्म अझ उन्नत स्तरको निर्जीवन बीमा सेवा प्रदान गर्नका लागि दुई कम्पनीहरूको अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानिय पहुँच, अनुभव र क्षमतालाई बढी भन्दा बढी प्रभावकारी बनाउँदै आफ्ना सेयरधनीहरूलाई समायानूकुल उचित प्रतिफल प्रदान गर्ने उद्देश्यले एक आपसमा गाभ्ने र गाभिने भएका हुन् ।

दुबै कम्पनी बीच एक बराबर एकको स्वाप रेसियोमा मर्जर गर्ने सम्झौता भएको हो । आगामी ६० दिन भित्र एकीकृत कारोबार थाल्ने तयारी छ ।

सम्झौतामा नयाँ कम्पनीको सीईओमा आइएमई जनरल इन्स्योरेन्स कम्पनीका सीईओ युगेशभक्त वादे श्रेष्ठ हुनेछन् । त्यस्तै कम्पनीको अध्यक्षमा हेमराज ढकाल हुनेछन् । कम्पनीको नाम आइएमई प्रुडेन्सियल इन्स्योरेन्स राख्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL