Logo

मेटाबाट १० हजार कर्मचारी हटाउँदै जुकरबर्ग, भने-गलत निर्णयका कारण कम्पनीको आम्दानी घट्यो

मेटाबाट १० हजार कर्मचारी हटाउँदै जुकरबर्ग, भने-गलत निर्णयका कारण कम्पनीको आम्दानी घट्यो



काठमाडौं । फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मूल कम्पनी मेटाले मंगलबार १० हजारभन्दा बढी कर्मचारीलाई हटाउने घोषणा गरेको छ । कम्पनीले दोस्रो चरणअन्तर्गत यी कामदारहरूलाई हटाउनेछ । मेटाले यसअघिको राउन्डमा ११,००० कर्मचारीहरूलाई निकालेको थियो, जुन सम्पूर्ण कार्यबलको १३% थियो। कम्पनीको १८ वर्षको इतिहासमा पहिलो पटक यति ठूलो संख्यामा कर्मचारी कटौती गरिएको हो । कम्पनीका सीईओ मार्क जुकरबर्गले कर्मचारी हटाउने घोषणा गरेका हुन् । गलत निर्णयका कारण राजस्वमा कमी आएको उनले बताए ।

५ हजार पद खाली राखिने

जुकरबर्गले यो निर्णय निकै कठिन तर आवश्यक रहेको बताएका छन् । १० हजार जागिर बन्द गरेपछि कम्पनीले ५ हजार पद रिक्त राख्नेछ । जुकरबर्गले कर्मचारीलाई सन्देशमा लेखेका छन् कि कम्पनीले सन् २०२२ मा आफ्नो राजस्वमा उल्लेख्य गिरावट आएको थाहा पाएपछि झट्का भोग्नुपरेको थियो । जुकरबर्गले भने, ‘अमेरिकामा बढेको ब्याजदर, विश्वमा अस्थिरता र नियामक कानूनमा भएको वृद्धि कम्पनीको आम्दानीमा आएको गिरावटको लागि जिम्मेवार छ ।’ जुकरबर्गले सन्देशमा भनेका छन्, ‘मलाई लाग्छ हामी नयाँ आर्थिक अवस्थासँग जुध्न तयार हुनुपर्छ किनभने यो चरण अलि लामो हुनेछ ।’

कसको जागिर जानेछ ?

जुकरबर्गले भने, ‘उनी सबैभन्दा पहिले कम्पनीको कर्मचारी भर्ती टोलीलाई बताउनेछन् कि कसको जागिर गयोे र कसको जागिर बाँकी छ । बुधवारसम्म यो कुरा स्पष्ट हुने जुकरबर्गले बताएका छन् । ‘प्राविधिक समूहमा पुनर्संरचना र छुटको काम वैशाखदेखि सुरु हुने र व्यवसाय समूहलाई प्रभाव पार्ने प्रक्रिया वैशाखमा सुरु हुने अपेक्षा गरिएको छ,’ उनले थपे ।

जुकरबर्गले कर्मचारीहरूलाई सन्देशमा लेखेका छन्, ‘केहि अवस्थामा हामी वर्षको अन्त्यसम्म सम्पूर्ण प्रक्रिया पूरा गर्नेछौं । अन्तर्राष्ट्रिय टोलीहरूको लागि समयरेखा अलि फरक हुनेछ । स्थानीय लिडरले यसबारे जानकारी दिनेछन् ।’

कम्पनी कसरी यो स्थितिमा पुग्यो ?

मार्कले भनेका छन्, ‘कोविडको शुरुवातमा विश्व द्रुत गतिमा अनलाइन गयो र ई–कमर्सको बृद्धिले राजस्व बढ्यो । धेरैले भविष्यवाणी गरे कि यो वृद्धि स्थायी हुनेछ, जुन महामारीको अन्त्य पछि पनि जारी रहनेछ । मैले पनि त्यही सोचे, त्यसैले मैले आफ्नो लगानी बढाउने निर्णय गरें । दुर्भाग्यवश, यो मेरो अपेक्षा पूरा भएन । इकमर्श पहिलेको प्रचलनमा फर्केको मात्र होइन, बृहत् आर्थिक मन्दी, प्रतिस्पर्धा र कम विज्ञापनका कारण आय सोचेभन्दा कम भएको छ । मैले यो गल्ती गरें र म यसको जिम्मेवारी लिन्छु । यो नयाँ परिवेशमा हामीले थप पुँजी बचाउन बन्न आवश्यक छ । हामीले स्रोतसाधनलाई उच्च प्राथमिकताको विकास क्षेत्रमा स्थानान्तरण गरेका छौं । एआइ खोज इन्जिन, विज्ञापन र व्यापार प्लेटफर्म र मेटाभर्सको लागी हाम्रो दीर्घकालीन दृष्टि छ । हामीले बजेट घटाउने, लाभहरू घटाउने र घर रियल स्टेट फुट प्रिन्ट घटाउनेलगायतका योजना समावेश गरेका छौं । हामी हाम्रो दक्षता बढाउन टोलीहरू पुनर्संरचना गर्दैछौं । तर यी उपायहरूले मात्र हाम्रो खर्च हाम्रो राजस्व वृद्धिसँग मिल्दैन त्यसैले मैले कर्मचारी कटौतीको कठिन निर्णय पनि लिएको छु ।’

मेटामा ८७,३१४ कर्मचारीहरू थिए

सेप्टेम्बर २०२२ को अन्त्यसम्म, मेटामा ८७,३१४ कर्मचारीहरू थिए । मेटाले हाल व्हाट्सएप, इन्स्टाग्राम र फेसबुकसहित विश्वका केही ठूला सामाजिक मिडिया प्लेटफर्महरूको स्वामित्व राखेको छ । यद्यपि, कम्पनीले मेटाभर्समा आफ्नो खर्च बढाउँदैछ । मेटाभर्स एक भर्चुअल संसार हो । जहाँ प्रयोगकर्ताहरूले आफ्नै अवतारहरू सिर्जना गर्न सक्छन् । ‘ल अडप्टेसन रेट’ र महँगो अनुसन्धान तथा विकासका कारण कम्पनीले घाटा बेहोर्दै आएको छ । कर्मचारी कटौतीले कम्पनीको आर्थिक संकट केही हदसम्म कम हुने अपेक्षा गरिएको छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL