Logo

देश र जनताको हितहुनेगरी व्यवसाय गर्न प्रधानमन्त्रीको आग्रह

देश र जनताको हितहुनेगरी व्यवसाय गर्न प्रधानमन्त्रीको आग्रह


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता ।

प्रधानमन्त्री शुसिल कोइलाराले आगामी दिनमा जिम्मेवार भएर व्वयसाय गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन् । ‘तँपाइहरुले समग्र राष्ट्र र नागरिकको हितलाई ध्यानमा राखेर व्यापार व्यवसाय गर्नुपर्छ,’ राष्ट्रिय व्यावसायिक पहलद्वारा आयोजित दुईदिन नेपाल जिम्मेवार व्यवसाय सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै उनले भने, ‘राष्ट्रको प्रगतिमा उद्योगी व्यवसायीको महत्वपूर्ण भुमिका हुने हुँदा सोही अनुसार जिम्मेवारी बोध गरेर व्यवसाय गर्नुपर्दछ ।’

पछिल्लो समय उद्योगी व्यवसायीले संविधान निर्माणमा जोस नदेखाएको बताउँदै अहिले व्यवसायीहरु थाकेकाले मुलुक पनि थाक्दै गएको उनको भनाइ थियो । ‘बजारमा जेजस्तो हल्ला आएपनि समयमै लोकतान्त्रिक संविधान जारी हुनेछ,’ उनले भने, ‘नयाँ संविधान जारीभएपछि दशेमा आर्थिक विकासको वातावरण निर्माण हुनेछ ।’

यस्तै, व्यवसायीलाई घुस नदिनका लागि समेत आग्रह गरेका छन् । ‘घुस लिने र दिने दुवै अपराधी हुन्,’ उनले भने, ‘तसर्थ कसैको डर, धम्की तथा प्रलोबनमा परेर घुस दिने काम गर्नुहोस ।’

उद्घाटन कार्यक्रममा नेपालका लागि जर्मनीका राजदुत मेथिएस मेयरले जिम्मेवार व्यावसायिकताका लागि राज्यस्तरबाटै पहल हुनुपर्ने बताए । ‘जर्मनीमा राष्ट्रिय स्तरको ‘कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी(सीएसआर) सम्बन्धि मान्यता स्थापित गरेर समग्र व्यावसायिक क्षेत्रलाई समेट्ने प्रयास गरेको छ,’ उनले भने, ‘नेपालले पनि विभिन्न राष्ट्रसँग सहकार्य गरेर व्यवसायीक क्षेत्रका व्यक्तिहरूलाई जिम्मेवार बनाउनु पर्दछ ।’ साथै, जर्मनीले नेपालको व्यवासायिक सफलताका लागि निजी क्षेत्रसँग मिलेर विभिन्न काम गर्दै आएको समेत उनको भनाइ थियो । निरन्तरको अभ्यासले मात्र एउटा व्यवसायलाई सफल र जिम्मेवार बनाउन सहयोग गर्ने कार्यक्रमका प्रमुख वक्ता तथा भारतको महिन्द्रा स्टिलका प्रबन्ध निर्देशक उदय गुप्ताल बताए ।

आयोजक तथा राष्ट्रिय व्यावसायिक पहलका अध्यक्ष पद्म ज्योतीले व्यावसायिक आचारसंहिताको कार्यान्वयन नेपालमा अहिले समस्याको रूपमा रहेको बताए । ‘श्रम व्यवस्थापन, वातावरणी सुरक्षा उपाभोक्ता अधिकार, प्रतिस्पर्धात्म बजार, राजस्व, र भ्रष्टाचार नियन्त्रण नेपालको व्यावसायिकतामा प्रमुख समस्याका रूपमा देखापरे छ,’ उनले भने, ‘यस सम्मेलनले व्यवसायीलाई स्वयम् जिम्मेवार भएर यसमा लाग्न अभिप्रेरित गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL