Logo

शिवरात्रिमा ट्राफिक व्यवस्थापन : रिङरोडमा चल्ने गाडी सिनामंगल र चावहिलबाटै डाईभर्सन

शिवरात्रिमा ट्राफिक व्यवस्थापन : रिङरोडमा चल्ने गाडी सिनामंगल र चावहिलबाटै डाईभर्सन



काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्याल्यले महाशिवरात्रिका अवसरमा सवारी व्यवस्थापनको योजना सार्वजनिक गरेको छ । शिवरात्रिका दिन यात्रु र चालकलाई मर्का नपर्ने गरी अघिल्लो दिन नै योजना सार्वजनिक गरेको हो ।

laxmi

जसअनुसार पर्वको अवसरमा गौशाला स्थित पशुपति क्षेत्रमा आज रातीदेखिनै दर्शनार्थीहरूको भिडभाड हुने भएकाले आवश्यकता अनुसार सवारी साधनलाई डाईभर्सन गरिने कार्यालयले जानकारी दिएको छ ।

गौशाला क्षेत्रतर्फ जाने सवारी साधनहरुलाई चावहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाईभर्सन गरिने भएको हो ।

त्यसैगरी मालवाहक सवारी साधनहरूलाई भने तिनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगलपुल र बसुन्धाराबाटै डाईभर्सन गरिने ट्राफिक कार्यालयले जानकारी दिएको छ ।

गौशाला क्षेत्रमा शनिबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भुमिका निर्वाह गर्न चालकहरुलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL