Logo

GBIME

सार्वजनिक विदा भएपनि बैंक बन्द नगर्न राष्ट्र बैंकको निर्देशन, सेवा सुचारु नै रहने (निर्देशनसहित)

सार्वजनिक विदा भएपनि बैंक बन्द नगर्न राष्ट्र बैंकको निर्देशन, सेवा सुचारु नै रहने (निर्देशनसहित)



काठमाडौं । पुष्पकमद दाहाल प्रचण्ड नेतृत्वको सरकारले अकास्मात १ फागुनलाई जनयुद्ध दिबस मनाउने भन्दै सार्बजनिक बिदा दिए पनि बैंकहरुका अत्याबश्यक सेवा भने सुचारु हुने भएका छन् ।

Laxmi

नेपाल राष्ट्र बैंकले एक सुचना जारी गरी मुलकभरका बैंकहरुलाइ अत्याबश्यक सेवा प्रवाह नरोक्न भन्दै सेवाग्रहीहरुको हितमा ध्यानमा राखी बिहान ११ बजे देखी अपरान्ह ३ बजेसम्म बैंक सञ्चालन गर्न निर्देशनसमेत दिएपछि सेवा अबरूद्द नहुने भएको हो ।

‘नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत बैंकिङ सेवा प्रदान गर्न बिहान ११ बजे देखी अपरान्ह १ बजेसम्म बैंक तथा बित्तिय संस्थाका आवाश्यक बिभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने ब्यबस्था मिलाउन हुन यो सुचना जारी गरिएको छ,’ राष्ट्र बैंकले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
NCHL
NTC