Logo

फागुनमा ब्याजदर यथावत राख्ने बैंकर्स संघको निर्णय, राष्ट्र बैंकले के गर्ला ?

फागुनमा ब्याजदर यथावत राख्ने बैंकर्स संघको निर्णय, राष्ट्र बैंकले के गर्ला ?



काठमाडौं। नेपाल बैंकर्स संघले फागुनमा वाणिज्य बैंकहरुको ब्याजदर यथावत राख्ने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी गरिरहँदा बिहीबार संघले सो निर्णय गरेको हो ।

laxmi

संघले फागुनमा पनि माघ महिनाको ब्याजदरलाई नै निरन्तरता दिने निर्णय गरेको हो । अहिले साधारण मुद्दति निक्षेपमा ११ प्रतिशत ब्याज दर कायम रहेको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अधवार्षिक समीक्षा गर्नका लागि भोलि बिहान ८ बजे सञ्चालक समितिको बैठक बोलाएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले नीतिगत दरहरू घटायो भने बैंकहरू ब्याजदर घटाउने छन् । यदि राष्ट्र बैंकले नीतिगत ब्याजदरलाई चलाएन भने आज गरेको निर्णयले नै निरन्तरता पाउने छ ।

यस्तोमा बैठकले फागनु महिनामा ब्याजदर यथावत राख्ने निर्णय गरेपनि राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत लिने नीतिले परिवर्तन पनि हुनसक्ने सम्भावना भने रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL