Logo

६ महिनासम्म बन्द सिम आफ्नै हुने, अर्कालाई नबेच्न सर्वाेच्चको आदेश

६ महिनासम्म बन्द सिम आफ्नै हुने, अर्कालाई नबेच्न सर्वाेच्चको आदेश



काठमाडौं । अब ६ महिनासम्म कसैले सिम चलाएन भने त्यो सिम उसैको हुने भएको छ । यसअघि नेपाल दूरसंचार प्राधिकरणको निर्देशनबमोजिम ६ महिनासम्म कुनै सिमकार्ड बन्द रहेको पाईएमा त्यो सिमकार्ड खारेज गरी नयाँ ग्राहकलाई बेच्न सकिने व्यवस्था थियो । सर्वोच्च अदालतले ६ महिनासम्म प्रयोग नभएको सिम कार्ड अर्को व्यक्तिको नाममा जारी गरेर वितरण नगर्न आदेश दिएपछि अब ६ महिनासम्म पनि सिम नचलेमा पुरानै व्यक्तिको नाममा हुने भएको हो ।

सर्वाेच्च अदालतले बुधबार आदेश जारी गर्दै प्राधिकरणको निर्देशन कार्यान्वयन नगर्न दूरसंचार सेवाप्रदायकलाई निर्देशन दिएको छ । यस अघि दूरसंचार सेवाप्रदायकले कुनै पनि व्यक्तिको सिम ६ महिना प्रयोगमा नभएको अवस्थामा सो सिम अर्को व्यक्तिको नाममा वितरण गर्दै आएका थिए ।

सञ्चार मन्त्रालयलाई विपक्षी बनाएर सपना भण्डारीले दायर गरेको रिटमा अदालतले मुद्दाको अन्तिम टुंगो नलागिन्जेलसम्म उक्त व्यवस्था कार्यान्वयन नगराउन भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL