Logo

उमेशलाल श्रेष्ठ भन्छन्, हाम्रै पैसामा चल्ने राज्यले हामी निजी क्षेत्रलाई उपेक्षा गर्यो

उमेशलाल श्रेष्ठ भन्छन्, हाम्रै पैसामा चल्ने राज्यले हामी निजी क्षेत्रलाई उपेक्षा गर्यो



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष श्रेष्ठले निजी क्षेत्र अझै पनि राज्यबाट उपेक्षामा परेको बताएका छन् । जाजरकोट उद्योग वाणिज्य संघले खलंगामा आयोजना गरेको महोत्सवको उद्घाटन शत्रमा बोल्दै पूर्व उपाध्यक्ष श्रेष्ठले निजी क्षेत्रको मर्म राज्यले बुझ्न नसकेको बताएका हुन् ।

पछिल्लो समय निजी क्षेत्र ठूलो मारमा पर्दा समेत अविभावकको रुपमा रहेको सरकारले वेवास्ता गरेको समेत उनको आरोप थियो । १६ खर्बको बजेटमा साढे १० खर्ब हाराहारी त निजी क्षेत्र बाटै राजश्व प्राप्त हुन्छु उनले भने, ‘तर सरकारले न निजी क्षेत्र मैत्री कानून बनाएको छ न समास्या पर्दा समाधानको उपाय नै निकालेको छ ।’

निजी क्षेत्रका नेतृत्व गर्नेहरु पनि समग्र व्यवसायिक हितभन्दा पनि व्यक्तिको व्यापार बढाउन मात्रै लागेको उनले बताए । व्यक्तिगत स्वार्थ त्यागेर समग्र व्यवसायीको हित सोच्नुपर्ने उनको भनाइ छ ।

साथै उनले भर्खरै नयाँ सरकार बनेको भन्दै अर्थतन्त्र वलियो बनाउन निजी क्षेत्रका समस्या समाधान गर्नुपर्ने बताए । नयाँ सरकारबाट केही अपेक्षा रहेको उनले बताए ।

‘हिजो अर्थमन्त्री र गभर्नर फरक पार्टीको हुँदा राष्ट्र बैंक र सरकारले तादम्यता मिलेको थिएन्’ उनले भने, ‘मलाई आशा छ, अब दुई निकायको विवाद नहोस् ।’ जसका कारण निजी क्षेत्रको समस्या सुनुवाई साथै समाधान भई देशले आर्थिक रुपमा गति लिने समेत उनको विश्वास थियो ।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This