Logo

नेपाल टेलिकमको बार्षिक साधारणसभा पुस २८ गते, ४० प्रतिशत नगद लाभांश दिँदै

नेपाल टेलिकमको बार्षिक साधारणसभा पुस २८ गते, ४० प्रतिशत नगद लाभांश दिँदै



काठमाडौं । नेपाल टेलिकमले पुस २८ गते आफ्नो १५औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस ६ गतेको सञ्चालक समितिको बैठकले राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई टुङ्ग्याउनेछ ।

साथै कम्पनीले प्रस्ताव गरेको ४० प्रतिशत लाभांशलाई समेत अन्तिम स्वीकृति सभाले प्रदान गर्नेछ । कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी १८ अर्ब रुपैयाँको आधारमा कर समेत ४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यस वर्ष कम्पनीले गत वर्षकै अनुपातमा लाभांश वितरण गर्न लागेपनि नगद लाभांशमा जोड दिएको हो । गत वर्ष कम्पनीले कुल ४० प्रतिशत लाभांश वितरण गर्दा २० प्रतिशत बोनस सेयर र २० प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको थियो ।

कम्पनीले १५औं वार्षिक साधारण सभा प्रयोजनका लागि पुस १८ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १७ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको वार्षिक साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL