Logo

निर्माण व्यवसायीको अध्यक्षमा गौचन, बरिष्ठमा श्रेष्ठ र एशोसिएट् उपाध्क्षमा पाण्डे बिजयी

निर्माण व्यवसायीको अध्यक्षमा गौचन, बरिष्ठमा श्रेष्ठ र एशोसिएट् उपाध्क्षमा पाण्डे बिजयी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता ।

नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा शरदकुमार गौचन विजयी भएका छन् । उनले ४ सय १८ मद ल्याएर विजयी भएको महासंघको सचिवालयले बताएको छ । उनका प्रतिद्वन्दी रवि सिंहले २ सय ८४ मत प्राप्त गरे भने अर्का प्रतिद्वन्दी होमनाथ कोइरालाले ५ मतमात्र प्राप्त गरेका छन् ।

वरिष्ठ उपाध्यक्षमा विष्णुभाई श्रेष्ठ बिजयी भएका छन् । उनका प्रतिद्वन्दी केशवप्रसाद गौतमले २ सय ८१ मत प्राप्त गरेका छन् ।

यसैगरी एशोसिएट्स तर्फको उपाध्यक्षमा निकोलश पाण्डे विजयी भएका छन् । युवा व्यवसायी पाण्डेले आफ्ना प्रतिद्वन्दी पुरुषोतम मानन्धरलाई २ सय ४३ मतले हराएका छन् ।

संघको पूर्वाञ्चल उपध्यक्षमा तेजकुमार कुरुङवाङ बिजयी भएका छन् भने मध्याञ्चल उपाध्यक्षमा पेम्वा लामा शेर्पा बिजयी भएकी छिन् । यसैगरी पश्चिमाञ्चल उपाध्यक्षमा रुद्रप्रसाद शर्मा,  मध्य पश्चिमाञ्चल उपाध्क्षमा लक्ष्मण कुमार राना र सुदुर पश्चिमाञ्चल उपाध्क्षमा भिमबहादुर साउद बिजयी भएका छन् ।

यस्तै, महासचिवमा रामशरण देउजा विजयी भएका छन् । संघको २ जना उपमहासचिवमा नीतिगत तर्फ विष्णु बुढाथोकी र आन्तरिक तर्फ सूर्यप्रसाद तिमिल्सिना बिजयी भएका छन् ।
कोषाध्यक्षमा रोशन दाहाल विजयी भएका छन् भने सह–कोषाध्यक्षमा नरहरी थपलिया विजयी भएको महासंघको सचिवालयले जानकारी दिएको छ ।

संघमा ४४ जना कार्यसमिति निर्वाचित भएको छ भने अञ्चल सदस्यहरुमा महेन्द्र अधिकारी, हिमबहादुर बुडा र प्रकाश आचार्य निर्विरोध चयन भएका थिए । यसैगरी पिछडिएको तर्फ तारासिंह कठायत र बस्तुगत संघतर्फ ताराबहादुर कुँबर निर्विरोध चयन भएको महासंघले जानकारी दिएको छ ।

निर्वाचित कार्यसमितिको नामावली ः

samati

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL