Logo

धेरै धुवाँ फाल्ने गाडी गुडाउन नपाईने, गुडाए १ लाखसम्म जरिवाना

धेरै धुवाँ फाल्ने गाडी गुडाउन नपाईने, गुडाए १ लाखसम्म जरिवाना



काठमाडौं । वन तथा वातावरण विभागले अब सडकमा धेरै धुवाँ फाल्ने सवारीसाधनको संचालनमा रोक लगाउने भएको छ । विभागले यस्ता गाडीहरु संचालनमा रोक लगाउन आगामी पुष १ गतेदेखि सवारी धनीलाई प्रदूषण जाँच गरी मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको हो ।

laxmi

विभागले बिहीबार एक सूचना जारी गर्दै वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुला रुपमा जलाउने फोहर रहेको भन्दै प्रदूषण जाँच गरेर मात्र सवारी साधन चलाउन आग्रह गरेको छ ।

गाडीको धुवाँ निस्कासनको अवस्थाबारे परीक्षणलाई प्रभावकारी बनाउने गरी विभागले सवारीधनीलाई उद्धृत गर्दै सूचना सार्वजनिक गरेको हो । पछिल्लो समय धुवाँ परीक्षण गर्दा मापदण्डभन्दा धेरै प्रदूषण गराइरहेका गाडी फेला परेका छन् । एक पटकको लागि मर्मत गरी अवस्था दुरुस्त राख्न दिने गरेकोमा अब पुस १ गतेदेखि विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने गाडीलाई १ लाख रुपैयाँसम्म जरिवाना गर्ने विभागले चेतावनी दिएको छ ।

कैफियत भेटिएमा वातावरण संरक्षण ऐन–२०७६ को दफा ४१ उपदफा २ अनुसार जरिबाना हुने सूचनामा उल्लेख छ । छड्के जाँचमा प्रदूषण जाँचपासको रुपमा हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँच अनुत्तीर्ण हुने गाडीलाई जरिवाना गरिने विभागले चेतावनी दिएको छ ।

साथै विभागले कसैले टोल छिमेकमा खुलारुपमा फोहर जलाउने तथा खुलारुपमा फोहर जलाएको पाइएमा गोप्यरुपमा जानकारी दिनसमेत आग्रह गरेको छ । यसरी खुलारुपमा फोहर जलाउनेलाई कारबाही गरिनेसमेत विभागले जनाएको छ । बिभागमा हाल यसअघि यातायात व्यवस्था विभागमा महानिर्देशक रहेका नवराज घिमिरे छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL