Logo

प्रदेश १ का होटलको औसत अकुपेन्सी दर ४० प्रतिशतमात्रै, बाह्य पर्यटकको संख्या ३०८ प्रतिशतले बढ्यो

प्रदेश १ का होटलको औसत अकुपेन्सी दर ४० प्रतिशतमात्रै, बाह्य पर्यटकको संख्या ३०८ प्रतिशतले बढ्यो



काठमाडौं । गत आर्थिक बर्षभरी प्रदेश नं १ का होटलहरुको औसत अकुपेन्सी दर ४०.४ प्रतिशत मात्रै रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले उक्त प्रदेशको गत बर्षको आर्थिक गतिविधि अध्ययनले यस्तो देखाएको हो ।

laxmi

अन्ययन अनुसार यस्तो अकुपेन्सी दर अघिल्लो आर्थिक बर्षको तुलनामा भने २५.७ प्रतिशतले बढेको देखिएको छ । अघिल्लो आर्थिक वर्षमा उक्त होटलहरुको औसत अकुपेन्सी दर १४.८ प्रतिशत रहेको थियो ।

यस्तै राष्ट्र बैंकका अनुसार गत आर्थिक बर्ष उक्त प्रदेशका होटलहरुमा आन्तरिक पर्यटकको संख्या ५८.४ प्रतिशत र बाह्य पर्यटकको संख्या ३०८.३ प्रतिशतले बढेको छ ।

यस प्रदेशमा गत आवमा बैंक तथा वित्तीय संस्थाका थप १ सय ४४ वटा शाखा विस्तार भएका छन् । यसरी बैंक तथा वित्तीय संस्थाका शाखा विस्तार भएसँगै यस प्रदेशमा अवस्थित बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५.८ प्रतिशतले वृद्धि भई ३ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा १३.२ प्रतिशतले वृद्धि भई कुल ५ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको पुगेको छ ।

२०७९ असार मसान्तमा प्रदेश नं. १ को कर्जा निक्षेप–अनुपात १४८.४ प्रतिशत रहेको छ । २०७८ असार मसान्तमा प्रदेश नं. १ मा रहेका बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात १३८.७ प्रतिशत रहेकोथियो । गत आवको असार मसान्तसम्म प्रदेश नं. १ मा पुनरकर्जा र सहुलियतपूर्ण कर्जाको बक्यौता रकम क्रमशः १३ अर्ब ३ करोड र ३६ अर्ब २ करोड रुपैयाँ पुगेको छ । २०७९ असार मसान्तसम्म यस प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जामध्ये सेवा क्षेत्रमा प्रवाहित कर्जाको अंश सबैभन्दा बढी ६७.७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL