Logo

३ महिनामा २ खर्ब ८१ अर्ब रेमिट्यान्स भित्रियो, १६ प्रतिशतले बढ्यो आप्रवाह

३ महिनामा २ खर्ब ८१ अर्ब रेमिट्यान्स भित्रियो, १६ प्रतिशतले बढ्यो आप्रवाह



काठमाडौं । चालु आर्थिक बर्षको ३ महिनामा २ खर्ब ८१ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको पहिलो त्रैमासमा नेपालले सोही परिमाणमा रेमिट्यान्स भित्र्याएको हो । यो गत आवको सोही अवधिको तुलनामा १६.८ प्रतिशतले बढि हो । गत आवको पहिलो त्रैमासमा रेमिट्यान्स आप्रवाह ७.१ प्रतिशतले घटेको थियो ।

laxmi

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.९ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड डलर पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यस्तै असोज महिनासम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १२३.१ प्रतिशतले वृद्धि भई १ ला ४७ हजार ९ सय ३२ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६६.२ प्रतिशतले वृद्धि भई ५७ हजार ८ सय ६१ पुगेको छ । गत बर्ष यहि अवधिमा यस्तो संख्या २१९.७ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL