Logo

‘निर्माण व्यवसायले राज्यबाट व्यवसाय मैत्री ऐन, नियम नपाएका कारण अपेक्षाकृत उपलब्धी हासिल नभएको हो’

‘निर्माण व्यवसायले राज्यबाट व्यवसाय मैत्री ऐन, नियम नपाएका कारण अपेक्षाकृत उपलब्धी हासिल नभएको हो’


रामराजा श्रेष्ठ
27
Shares

भौतिक पूर्वाधारको विकास नभई कुनै पनि देश विकसित हुन सक्दैन भन्ने कुरा आज प्रमाणित भई सकेको छ । सयुक्तराज्य अमेरीका आज विश्वकै अग्रणी राष्ट्र हुनुमा अमेरीकाले भौतिक पूर्वाधारको विकासमा गरेको प्रगति नै हो । आज हाम्रो छिमेकी राष्ट्र चीनले पनि विकासको दौडमा दाश्रो स्थानमा पुग्नु पनि भौीतक पूर्वाधारको विकास नै हो । संसारका १०० उत्कृष्ट निर्माण कम्पनीहरु मध्ये २० वटा उत्कृष्ट निर्माण कम्पनी चाईनीज हुनुले पनि यो कुरा प्रमाणित गर्दछ । हाम्रो देशमा पनि नेपाली निर्माण कम्पनीहरु राष्ट्र निर्माणको काममा आत्मनिर्भरता प्राप्त गर्ने दिशामा अगाडि बढिरहेका छन् । उनीहरु सडक, पुल, भवन, सिंचााईको क्षेत्रमा काम गर्न सक्षम भईरहेका छन् । हालै अनक–लुम्बिनि जे.भी.ले बर्दियाको १००० मिटर भन्दा लामो पुल तोकेको समय भन्दा ६ महिना अगावै निर्माण गरेर राष्ट्रिय निर्माण व्यवसायीहरुको गौरव बढाउने कार्य गरेका छन् । तर दुखको कुरा के छ भने नेपाली निर्माण व्यवसायले राज्यबाट व्यवसाय मैत्री ऐन, नियम नपाएका कारण अपेक्षाकृत उपलब्धीहरु प्राप्त गर्न सकेको छैन ।
नेपाली निर्माण व्यवसायले २०४७ सालमा संसदीय प्रजातन्त्रको प्राप्ती पछि केहि विकास गर्ने अवसर पाएको थियो । त्यसवेला तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीज्यूको कार्यकालमा निर्माण मैत्री उपकरणहरु ल्याउन सरकारले दिएको सुविधाका कारण नेपाली निर्माण व्यवसायले विकास गर्ने अवसर पाएको थियो । तर माओवादी सशस्त्र संघर्ष शुरु भए पछि देशमा निर्माण व्यवसायको विकास हुन सकेन । २०६२÷०६३को जन आन्दोलन र लोकतान्त्रिक गणतन्त्रको प्राप्ती पछि पनि संविधान निर्माण भई देशमा स्थायित्व र शान्ति स्थापना नभएको कारण आज सम्म पनि हाम्रो व्यवसाय पिछडिएको अवस्थामा छ । हामी संगै मुक्ति प्राप्त गरेका हाम्रा छिमेकी मित्र राष्ट्रहरु चीन र भारतले निर्माणका क्षेत्रमा राष्ट्रिय परिधिलाई पार गरी विदेशमा समेत व्यवसायको विस्तार गरेको अवस्थामा हामीले निर्माणको क्षेत्रमा राष्ट्रिय रुपमा समेत आत्म निर्भरता प्राप्त गर्न नसकेको अवस्था छ । यस कटु सत्य तर्फ म सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु र अव विलम्ब नगरी नेपाली निर्माण व्यवसायलाई राष्ट्र निर्माणको क्षेत्रमा आत्म निर्भर बनाउन व्यवसाय मैत्री नियम कानुन निर्माण गर्ने तर्फ सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।
एकवर्ष पहिले मध्य पश्चिमाञ्चल क्षेत्रको नेपालगञ्ज, बाँकेमा सम्पन्न यस महासंघको १६ औं वार्षिक साधारण सभा कार्यक्रमको सम्माननीय प्रधानमन्त्री शुसिल कोइरालाज्यूबाट नै समुद्घाटन भएको व्यहोरा यहाँ स्मरण गराउन चाहन्छु । उक्त साधारण सभा कार्यक्रममा मैले नेपाली निर्माण व्यवसायीहरुले रु. २ करोड सम्मको निर्माण कार्य विना योग्यता गर्न पाउने लगायतका केही समस्याहरु तर्फ ध्यानाकर्षण गराएको थिएँ । १७ हजार निर्माण व्यवसायीहरुको प्रमुख समस्याको रुपमा रहेको उक्त समस्यालाई यो आर्थिक वर्षको बजेट भाषणबाट माननीय अर्थ मन्त्रीज्यूले सम्बोधन गरिदिनु भएकोमा हामी नेपाली निर्माण व्यवसायीहरुको मनमा केही आशाका किरणहरुको सञ्चार भएको छ । हामी अर्थ मन्त्रीज्यू प्रति आभार व्यक्त गर्न चाहन्छौं । तर अझै पनि रु. २ करोड सम्मको काम नेपालका साना निमार्ण व्यवसायीहरुले गर्न नपाएको अवस्था रहेकोले यथासिघ्र ऐन संशोधन गरी उक्त व्यवस्था लागु गरी दिन सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष निवेदन गर्न चाहन्छु ।
त्यस्तै नेपाली निर्माण व्यवसायको विकासमा अवरोधका रुपमा रहेको सार्वजनिक खरिद ऐन र नियमावलीका व्यवसाय मैत्री नरहेका दफा र नियमहरु संशोधन गरी नेपाली निर्माण व्यवसायको संरक्षण र संबद्र्धन गर्न हामीले संसदको आर्थिक समिति अन्तरगत रहेको सुझाव उप समिति समक्ष केही सुझावहरु राखेका थियौं । उक्त सुझावहरु कार्यान्वयन भएमा नेपाली निर्माण व्यवसायले फड्को मार्ने हुनाले त्यसको लागि म सम्माननीय प्रधामन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु । हामी नेपाल सरकारसंग मागहरु मात्र राख्न चाहदैनौ राष्ट्र निर्माणको काममा हाम्रो दायीत्व र जिम्मेवारीलाई पनि बहन गर्न सदा तत्पर छौं । त्यसैले हामीले यस नेपाल निर्माण व्यवसायी महासंघको मुख्य नारा “पूर्वाधार विकास राष्ट्र निर्माणको आधार बनौ सर्वपक्षीय जिम्मेवार” भनी तय गरेका छौं । यही नारा बमोजिम हामी व्यवसायीहरु तर्फको जिम्मेवारी निर्वाह गर्न तयार छौं र निर्माण व्यवसायमा सम्बद्ध अन्य पक्षहरुलाई पनि जिम्मेवार बनाउनको लागि आवश्यक नियम कानुनको तर्जुमा गर्न नेपाल सरकार संग अनुरोध गर्दछौं ।
गुणस्तरयुक्त निर्माणको काम तोकिएको समयसीमा भित्र सम्पन्न गर्ने हाम्रो राष्ट्रिय जिम्मेवारी हो भन्ने कुरा हामीले बुझेका छौं र त्यसलाई पालना गर्ने तर्फ हामी प्रतिबद्ध छौं । हालै हाम्रो देशमा सम्पन्न भएको दक्षिण एशियाली राष्ट्र प्रमुखहरुको शिखर सम्मेलनका अवसरमा हामीले पाएको जिम्मेवारी पूर्णरुपमा निर्वाह गरी उक्त सम्मेलनलाई सफल बनाउन गरेको प्रयास आज ताजै छ । राष्ट्रको आवश्यकता अनुसार जस्तोसुकै र्निाणको जिम्मेवारी लिन हामी निर्माण व्यवसायीहरु सदा सर्वदा तत्पर रहेको व्यहोरा सम्मानीय प्रधानमन्त्रीज्यू समक्ष निवेदन गर्न चाहन्छौ ।
काठमाडौंमा जारी नेपाल निर्माण व्यवसायी महासंघको १७ औं साधारणसभाको उद्घाटन समारोहमा अध्यक्ष जयराम लामिछानेले दिएको मन्तव्य ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL