Logo

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मुल्य, निगमले घटाउला ?

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मुल्य, निगमले घटाउला ?



काठमाडौं । भारतबाट यसपल्ट पेट्रोलियम पदार्थको मुल्य घटेर आएको छ । प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मुल्यसूची पठाउने भारतीय आयल निगमले यसपल्ट पेट्रोल, डिजेल र हवाई इन्धनको मुल्य घटाएर पठाएको हो ।

शुक्रबार नेपाल आयल निगमले प्राप्त गरेको नयाँ मुल्यसूची अनुसार डिजेल प्रतिलिटर४४ पैसा, पेट्रोल ६.५५ पैसा र हवाइ इन्धन १.५० पैसाले घटेर आएको छ ।

यसरी भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि नेपालमा मुल्य घटबढ बारे निगमले निर्णय गरेको छैन । तर, उताबाट मुल्य घटेर आएपनि निगमलाई अझै डिजेलमा प्रतिलिटर ५ रुपैयाँ बढी घाटा रहेको बताएको छ । पेट्रोलमा भने प्रतिलिटर ८ रुपैयाँ नाफा रहेको निगमले हालकै मुल्यमा पेट्रोलियम पदार्थ बेच्दा मासिक २० करोड रुपेयाँ घाटा हुने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL