Logo

Global_Ime

एडिबीका उपाध्यक्षसँग अर्थमन्त्रीको आग्रह, निजी क्षेत्रलाई प्रोत्साहन गर्न सहुलियतपुर्ण ऋण उपलब्ध गराइदिनु

एडिबीका उपाध्यक्षसँग अर्थमन्त्रीको आग्रह, निजी क्षेत्रलाई प्रोत्साहन गर्न सहुलियतपुर्ण ऋण उपलब्ध गराइदिनु



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले एसियाली बिकास बैंकलाइ नेपालको निजि क्षेत्रलाइ प्रोत्साहन गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन छलफल गरेका छन्। एसियाली बिकास बैंकका उपाध्यक्ष अशोक लाभाषासँग कुराकानी गर्दै मन्त्री शर्माले प्रदेशगत सन्तुलन गरेर सहयोग बढाउँदा नेपालको ग्रामीण अर्थतन्त्रको बिकास हुने बताए। उनले भने, ‘निजि क्षेत्र नेपालको आर्थिक उन्नतिको इन्जिन भएकाले सरकारले उक्त क्षेत्रको बिकासलाइ उच्च प्राथमिकतामा राखेको छ।’

Laxmi_sunrise
Kumari

उनले नेपाल २०२६ सम्ममा अतिकम बिकसित देशबाट स्तरोन्नति हुदै गरेको हुनाले उक्त लक्ष हासिल गर्न निजि क्षेत्रको योगदान महत्वोपूर्ण हुने पनि बताए। उनले नेपालले जलवायु परिबर्तनमा कुनै योगदान नगरेपनि त्यसको मार भने खेपिरहेको बताउदै नेपालमा हरित अमोनिया , हाइड्रोजन जस्ता बैकल्पित उर्जा उद्योगमा सहयोग गर्न अनुरोध पनि गरे ।

उनले नेपालको ग्रामिण अर्थतन्त्रलाइ माथि उठाउन शिक्षा , स्वास्थ्य , खानेपानी पूर्वाधार क्षेत्र लगाएतमा लगानी आवश्यक भएकोले एसियाली बिकास बैंकको सहयोग अझै वृद्धि गर्न पनि उनले अनुरोध गरेका छन्। कोभिडको महामारीको बेला एसियाली बिकास बैंकले गरेको सहुलियतापूर्ण ऋण र अनुदान सहयोगहरुका लागि उनले धन्यबाद दिनु भयो।

एसियाली बिकास बैकका उपध्यक्ष अशोक लाभाषले नेपाल सरकार र नेपाली जनताको सहयोगका लागि सँधै हातेमालो गर्ने बताए । अर्थ भन्त्री शर्मालेदिएको मार्गदर्शन अनुसार आफु नेपाल सरकार र निजी क्षेत्रलाई सहयोग गर्न तयार रहेको बताए। उनले अर्को महिना फिलिपिन्सको मनिलामा हुने कार्यक्रममा अझ बढी छलफल गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
Ghorai
MBL
NTC