Logo

चुनावी मिति घोषणाले पनि देखिएन लगानीकर्तामा उत्साह, नेप्से ३८ अंकले घट्दा कारोबार रकममा गिरावट

चुनावी मिति घोषणाले पनि देखिएन लगानीकर्तामा उत्साह, नेप्से ३८ अंकले घट्दा कारोबार रकममा गिरावट



काठमाडौं । सरकारले संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गर्दा समेत सेयर बजारमा सकारात्मक प्रभाव परेन । कतिपय लगानीकर्ताले संघको प्रदेशको निर्वाचन मिति घोषणा लगत्तै बजार बढ्ने बताईरहँदा सरकारले चुनावी मिति घोषणा गरेको दिन अझै उच्च अंकले घट्न पुगेको छ ।

laxmi

बजार खुलेसँगै सामान्य अंकले घटवढ भैरहेको बजार सरकारले मंसिर ४ गतेलाई चुनावी मिति घोषणा गरेको समाचार बाहिरिएसँगै अझै बढी अंकले घट्न पुगेको छ । बिहीबार बजार बन्द हुँदा नेप्से परिसुचक ३८.६१ अंकले घट्न पुगेको छ । जसमध्ये सबैभन्दा बढी व्यापार समुहको परिसुचक ५.१३ प्रतिशतले घट्यो भने फाइनान्स र होटल समुहको परिसुचकमा ३ प्रतिशत भन्दा बढीले गिरावट आएको छ । यसैगरी जलविद्युत, विकास बैंक, अतिरिक्त र लगानी समुहको परिसुचकमा २ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।

घट्दो बजारमा कारोबार रकममा पनि गिरावट आएको छ । बिहीबार ३ अर्ब ७६ करोड रुपैयाँको मात्रै सेयर खरिदबिक्री भएको छ । जसमा २१५ कम्पनीको ८५ लाख ६९ हजार कित्ता सेयर कारोबार भएको छ । उच्च अंकले घटेको बजारमा सबै उपसमुहहरुमा गिरावट आएको छ । तर उच्च अंकले घटेको बजारमा बलेफी हाईड्रोपावरको सेयरले भने सर्किट हान्न पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL