Logo

बैंकलाई लाभांश वितरणमा छुट, नगद र बोनसको सीमा हट्यो

बैंकलाई लाभांश वितरणमा छुट, नगद र बोनसको सीमा हट्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई यस अघि बोनस वितरणमा लगाएको सीमा हटाएको छ । यस अघि इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांस घोषणा तथा वितरण र अन्य बोनस सेयर वितरण गर्नुपर्ने व्यवस्था गरेकोमा हाल सो प्रावधानलाई हटाएको हो ।

laxmi

यस अघि यस्तो नगद लाभांश इजाजतपत्रप्राप्त संस्थाको असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदरको प्रतिशत भन्दा बढी नहुने व्यवस्था थियो भने भने खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्र प्राप्त संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांस वितरण गर्न नपाउने व्यवस्था गरेको थियो ।

तर राष्ट्र बैंकले चालू आर्थिक वर्षमा मौद्रिक नीतिपछि पहिलो पटक सर्कुलर जारी गर्दै उक्त व्यवस्थाहरु खारेज गरिदिएको हो । जस अनुसार अबका दिनमा बैंकहरुले आफ्ना सेयर धनीलाई आफ्नो इच्छाअनुरुप बोनस सेयर तथा नगद लाभांश वितरण गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL