Logo

शुक्रबार १२ अंकले बढ्यो नेप्से, २ घण्टामा २ अर्ब १९ करोडको कारोबार

शुक्रबार १२ अंकले बढ्यो नेप्से, २ घण्टामा २ अर्ब १९ करोडको कारोबार



काठमाडौं । साताको अन्तिम दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १२.९२ अंकले बढेको छ । कारोबार समयको सुरुवातिदेखि ने उत्तारचढाव भईरहेको नेप्से परिसुचक अन्तिम समयमा दोहोरो अंकले उकालो लाग्दै २१ सय ४० को विन्दुमा पुगेको हो ।

laxmi

आज बजारमा कारोबार भएका जलविद्युत, निर्जीवन बीमा र म्युचुअल फण्डबाहेकका समुहको परिसुचक उकालो लागेका छन् । जसमध्ये आज विकास बैंक र होटल तथा पर्यटन समुहको परिसुचकमा सबैभन्दा बढी क्रमशः १७९ र १२१ अंकको वृद्धि देखिँदा उत्पादनमुलक समुहको परिसुचक ३४ अंकले बढेको छ । यस्तै आज अतिरिक्त समुहको परिसुचक २४ अंकले र लघुवित्त समुहको परिसुचक २० अंकले उकालो लागेका छन् । बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक शुक्रबार ३ अंकले बढेको हो ।

आज २ सय १६ कम्पनीका ५१ लाख ११ हजार ३ सय १० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब १९ करोड १६ लाख १९ हजार रुपैयाँ पुगेको छ । यससँगै आज रिलायन्स लाईफ इन्स्योरेन्स र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL