Logo

बैंकहरु मर्जरमा गए पाईने सुविधा ६ महिना थप, पुष मसान्तसम्म मर्जरमा गए पाईनेछन् यी सुविधा

बैंकहरु मर्जरमा गए पाईने सुविधा ६ महिना थप, पुष मसान्तसम्म मर्जरमा गए पाईनेछन् यी सुविधा



काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरु एकआपसमा मर्जरमा गएमा पाईने सुविधा आगामी पुष मसान्तसम्म पाईने भएको छ । गत आर्थिक बर्षको असार मसान्तसम्म मर्जरमा गए मात्रै पाईने भनिएको उक्त सुविधालाई चालु आर्थिक बर्षको मौद्रिक नीतिमार्फत समय लम्ब्याईएको हो ।

laxmi

शुक्रबार चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले अब पुष मसान्तसम्मका लागि यस्तो सुविधा लम्ब्याईएको जानकारी दिएका छन् ।

यसअन्तर्गत राष्ट्र बैंकले सीआरआरको विन्दुमा छुट दिईने, मुद्धती निक्षेप संकलन सिमा १० प्रतिशतले थप्ने, सीइओ र अध्यक्षलाई कुलिङ पिरियड लागु नहुनेलगायतका सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL