Logo

काठमाडौं उपत्यकामा बढ्यो गाडीभाडा, यस्तो छ नयाँ दररेट

काठमाडौं उपत्यकामा बढ्यो गाडीभाडा, यस्तो छ नयाँ दररेट



काठमाडौं । अब काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनको भाडादर वृद्धि भएको छ । बागमति प्रदेश सरकारले बिहीबारदेखि नै लागु हुनेगरी काठमाडौंमा चल्ने सार्वजनिक सवारीसाधनको भाडादर वृद्धि गरेको हो ।

laxmi

अब नयाँ भाडादर अनुसार चढ्ने वित्तीकै ५ किलोमिटरको दूरीसम्म २० रुपैयाँ लाग्नेछ भने त्यसपछि क्रमशः १० किलोमिटरसम्म २७ रुपैयाँ, १५ किलोमिटरसम्म ३२ रुपैयाँ, २० किलोमिटरसम्म ३५ रुपैयाँ र २० किलोमिटरदेखि माथि ४० रुपैयाँ भाडा लाग्नेछ ।

यसअघि चढ्नेवित्तीकै ५ किलोमिटरसम्म २० रुपैयाँ नै थियो भने १० किलोमिटरसम्म २५, १५ किलोमिटरसम्म ३०, २० किलोमिटरसम्म ३३ र २० किलोमिटरभन्दा माथि ३८ रुपैयाँ थियो ।

यस्तै बागमति सरकारले काठमाडौं उपत्यकाबाहिर बागमति प्रदेशभित्रै चल्ने सवारीसाधनको भाडादरमा यसअघिको तुलनामा ८ प्रतिशतले वृद्धि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL