Logo

११ महिनामा देशभर ८०९ वटा बैंक तथा वित्तीय संस्थाका शाखा थपिए, तीन स्थानीय तह भने अझै वित्तीय पहुँच बाहिर

११ महिनामा देशभर ८०९ वटा बैंक तथा वित्तीय संस्थाका शाखा थपिए, तीन स्थानीय तह भने अझै वित्तीय पहुँच बाहिर



काठमाडौं । नेपालमा पछिल्लो ११ महिनामा बैंक तथा वित्तीय संस्थाको शाखा संख्यामा ८ सय ९ ले बृद्धि भएको छ । विस २०७८ असार मसान्तमा १० हजार ६ सय ८३ शाखा संख्या रहेकोमा २०७९ जेठ मसान्तसम्म ११ हजार ४ सय ९२ शाखा पुगेका छन् ।

laxmi

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको पछिल्लो ११ महिनाको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको शाखा संख्यामा ठूलो बृद्धि हुँदापनि अझै ३ स्थानिय तह भने वित्तीय पहुँच बाहिर रहेका छन ।

उक्त तथ्यांक अनुसार २०७८ असार मसान्तमा ७ सय ५० स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेको र २०७९ जेठ मसान्तसम्म पनि त्यतिनै स्थानीय तहमा उक्त पहुँच पुगेको जानकारी दिएको छ । यस्तै नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७९ जेठ मसान्तमा १ सय २७ रहेको छ ।

गत बर्षको सोहि अवधिमा ६ ओटा वित्तीय संस्था घटेको देखिन्छ । नेपालमा हाल वाणिज्य बैंक २७ ओटा, विकास बैंक १७ ओटा, वित्त कम्पनी १७ ओटा, लघुवित्त वित्तीय संस्था ६५ ओटा, पूर्वाधार विकास बैंक १ ओटा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL