GBIME

९९, ४९९, ९९९ : किन राखिन्छ यस्तो मूल्य ? यस्तो छ एक रुपैयाँ कम मूल्यकोे गणित


बिजखबर संवाददाता
21 June, 2022 10:59 am

99 5

काठमाडौं । आइतबार नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि गर्दै १९९ रुपैयाँ तोक्यो । धेरैले निगमले किन ठयाक्कै २०० रुपैयाँ नतोकेर १९९ रुपैयाँ मूल्य तोक्यो भन्ने प्रश्न गरिरहेका छन् । एमेजन, फ्लिपकार्टजस्ता अनलाइन प्लटफर्मदेखि ठूला मलहरू, शोरुमहरुमा तपाईले प्रायः यस्तो मूल्य राखेर सेल लागेको देख्न सक्नुहुन्छ । यस्ता अवसरहहरुमा तपाईले धेरै चीजको मूल्यमा रु. १ (९९, ४९९, ९९९) कम राखेको पाउनुहुन्छ ।

NLIC
LAXMI

कम्पनीहरूले किन उत्पादनको मूल्य रु. १ कम राख्छन भन्ने तपाईको दिमागमा कहिलेकाही आएको हुनुपर्छ । किन कम्पनीहरूले सामानको मूल्य ९९, ४९९, ९९९ रुपैया । कम्पनीहरूले किन ९९, ४९९, ९९९ प्रकारको मूल्य ट्याग राख्छन ? कम्पनीले मूल्य निर्धारण गर्दा ९९ वा ९९९ राख्नुको सट्टा १०० वा १००० रुपैयाँ किन नराख्ने ? भन्ने धेरैको प्रश्न हुने गर्छ ।

मनोवैज्ञानिक मूल्य निर्धारण रणनीति

यो एक मनोवैज्ञानिक मूल्य निर्धारण रणनीति हो । कुनै वस्ुतको भाउ ९९ वा ९९९ रुपैयाँ राख्दा १ रुपैयाँ कम राख्नुको कारण कम्पनीहरूले मनोवैज्ञानिक मूल्य निर्धारण रणनीतिमा यस्तो गर्छन् । वास्तवमा, जब तपाई ९ को फिगरमा उत्पादनको मूल्य देख्नुहुन्छ, तपाईले त्यको मूल्य कम रहेको महसुस गर्नुहुत्न्छ । उदाहरणका लागि, यदि कुनै उत्पादनको मूल्य रु ४९९ छ भने तपाईले यो मूल्य ५०० नभई एकै नजरमा ४०० नजिक भएको महसुस गर्नुहुन्छ । यसरी मनोवैज्ञानिक मूल्य निर्धारण रणनीतिमार्फत कम्पनीहरूले आफ्ना उत्पादनहरूमा ग्राहकहरूको ध्यान आकर्षित गर्छन् ।

अनुसन्धानबाट पनि प्रमाणित

सिकागो विश्वविद्यालय र एमआईटीद्वारा मनोवैज्ञानिक मूल्य निर्धारण रणनीतिमा एक प्रयोग पनि गरिएको थियो । यसअन्तर्गत महिलाका कपडाको मूल्य ३४ डलर, ३९ डलर र ४४ डलर राखिएको थियाृ । ३९ डलर मूल्य पर्ने कपडा सबैभन्दा धेरै बिक्रि भएको देखेर सबै छक्क परे । प्रायः प्रत्येक कम्पनीले आफ्नो उत्पादनको लागि यो रणनीति तय गर्छन । तर, यो प्राय सेलको समयमा प्रयोग गरिन्छ ।

एक रुपैयाँ अतिरिक्त आम्दानी

पसल वा पसलबाट सामान किनेर ९ अंकमा (जस्तै ९९९, ४९९, १९९९) बिल आयो भने १ रुपैयाँ फिर्ता गर्दैनन् भने खुद्रा नभएको समस्या पनि देखाउँछन् । ग्राहकले पनि प्राय फिर्ता माग्दैनन् । नगदमा तिर्दा धेरैलाई लाग्छ कि १ रुपैयाको लागि के झगडा गर्ने । सानो भएपनि यो पैसा पसलको खल्तीमा जान्छ, त्यो पनि करको दायरामा नआउने गरि । अर्कोतर्फ, ठूला शोरुम वा स्टोरमा भने बाँकी १ रुपैयाँ कर्मचारी अर्थात् क्यास काउन्टरमा बस्ने व्यक्तिको खल्तीमा जान्छ किनभने उसले बिलको पैसा मात्रै तिर्नुपर्ने हुन्छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL