Logo

विप्रेषण आप्रवाहमा सामान्य वृद्धि, १० महिनामा ८ खर्ब ११ अर्ब रेमिट्यान्स भित्रियो

विप्रेषण आप्रवाहमा सामान्य वृद्धि, १० महिनामा ८ खर्ब ११ अर्ब रेमिट्यान्स भित्रियो



काठमाडौं । विदेशमा गएका नेपालीले पठाउने रेमिट्यान्समा सामान्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक बर्षको पहिलो १० महिनाको तुलनामा चालु आर्थिक बर्षको १० महिनामा यस्तो रेमिट्यान्स आउने क्रम ०.२ प्रतिशतले बढेको हो । यस्तो रेमिट्यान्स आप्रवाह गत आवको सोही अवधिमा १९.२ प्रतिशतले बढेको थियो ।

laxmi

राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको १० महिनामा ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.६ प्रतिशतले कमी आई ६ अर्ब ७६ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो ।

चालु आवको १० महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ । पछिल्लो १० महिनामा २ लाख ७८ हजार २ सय ९८ जनाले यस्तो स्विकृति लिएका छन् । गत आवको सोही अवधिमा यस्तो संख्या ६८.४ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८५.५ प्रतिशतले वृद्धि भई २ लाख ३० हजार ४ सय ६६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५४.० प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL