Logo

बर्षायामका ३ महिना सडक खन्न नपाईने, जवर्जस्ती खने कारबाही

बर्षायामका ३ महिना सडक खन्न नपाईने, जवर्जस्ती खने कारबाही



काठमाडौं । अब असार १ गतेदेखि भदौ मसान्तसम्म खानेपानी, विजुली, ढलका लागि भन्दै सडक खन्न नपाईने भएको छ । बुधबार सडक विभागले एक सूचना जारी गर्दै १ असारदेखि भदौ मसान्त अर्थात् आगामी तीन महिना सडक खन्‍न नपाईने बताएको हो ।

‘बर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गर्न नसकिने र सडक पनि थप बिग्रँदै जाने भएको असार १ गतेदेखि भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजन मातहत रहेका कुनै पनि सडक खन्‍ने स्वीकृति नदिइने,’सूचनामा भनिएको छ ।

कसैले जबर्जस्ती सडक खनेमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL