Logo

चालू बर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने सरकारको प्रक्षेपण (आर्थिक सर्वेक्षणको पूर्ण पाठ सहित)

चालू बर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने सरकारको प्रक्षेपण (आर्थिक सर्वेक्षणको पूर्ण पाठ सहित)



काठमाडौं । सरकारले यो बर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने प्रक्षेपण गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा आर्थिक बर्ष २०७८।७९ को आर्थिक सर्वेक्षण पेश गर्दैै गत आबको तुलनामा आर्थिक वृद्धिदर बढ्ने जानकारी दिएका हुन् । गत आबमा नेपालको आर्थिक वृद्धिदर ४.२५ प्रतिशत मात्र रहेको थियो । कोभिड– १९ महामारीको प्रभाव क्रमशः न्यून हुँदै गएको तथा उर्जा क्षेत्रको विस्तार उत्साहप्रद रहेको कारण चालू आर्थिक बर्ष २०७८/७९ मा नेपालको अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने अनुमान गरिएको हो ।

laxmi

चालु आर्थिक वर्ष २०७८/७९ मा कृषि, उद्योग र सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि क्रमशः २.३ प्रतिशत, ८.१ प्रतिशत, र ६.६ प्रतिशतले वृद्धि हुने अनुमान रहेको छ आर्थिक वर्ष २०७८/७९ को कुल मूल्य अभिवृद्धिमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २३.९ प्रतिशत, १४.३ प्रतिशत र ६१.८ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ को कुल गार्हस्थ्य उत्पादन (उपभोक्ताको मूल्यमा) ४८ खर्ब ५१ अर्ब ६२ करोडमा बागमती प्रदेशको अंश सबैभन्दा बढी ३६.९ प्रतिशत र कर्णाली प्रदेशको कम ४.१ प्रतिशत रहने अनुमान छ ।

आर्थिक वर्ष २०७८/७९ मा प्रदेशगत कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर प्रदेश नं। १ मा ५.४१ प्रतिशत, मधेश प्रदेशमा ४.८२ प्रतिशत, बागमती प्रदेशमा ६.७४ प्रतिशत, गण्डकी प्रदेशमा ६.१७ प्रतिशत, लुम्बिनी प्रदेशमा ५.३६ प्रतिशत, कर्णाली प्रदेशमा ५.४७ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ४.९२ प्रतिशत हुने अनुमान रहेको छ ।

यसैगरी आर्थिक वर्ष २०७७/७८ मा कुल गार्हस्थ्य उत्पादनमा उपभोगको अंश ९२.३ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा केही कमी भई ९०.७ प्रतिशत रहने अनुमान छ आर्थिक वर्ष २०७६/७७ मा कुल लगानी २५.९ प्रतिशतले संकुचन भएकोमा पछिल्ला दुई वर्षमा यस्तो लगानी बढेको छ । आर्थिक वर्ष २०७७/७८ मा २९.३ प्रतिशतले वृद्धि भएको कुल लगानी चालु आर्थिक वर्षमा १८.१ प्रतिशतले वृद्धि भई १८ खर्ब ७ अर्ब २९ करोड पुग्ने अनुमान छ ।

आर्थिक वर्ष २०७७/७८ मा कुल गार्हस्थ्य उत्पादनसँग कुल लगानीको अनुपात ३५.८ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा यस्तो अनुपातमा वृद्धि भई ३७।३ प्रतिशत पुग्ने अनुमान छ । यस्तै प्रचलित मूल्यको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १२।३ प्रतिशतले बढेर १ लाख ६४ हजार ५ सय ९८ पुग्ने अनुमान छ । तरआर्थिक वर्ष २०७७/७८ मा यस्तो यस्तो प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ लाख ४६ हजार ५ सय २१ रहेको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आयको वृद्धिदर दोहोरो अंकको रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा प्रचलित मूल्यको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,२४६ अमेरिकी डलर रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा यस्तो आय १०.८ प्रतिशतले बढेर १,३८१ अमेरिकी डलर पुग्ने अनुमान छ । चालु आर्थिक वर्षमा प्रतिव्यक्ति राष्ट्रिय खर्चयोग्य आय १,६८३ अमेरिकी डलर पुग्ने अनुमान छ ।

साथै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, ढुवानी खर्चमा भएको वृद्धि, खाद्य पदार्थ तथा आयातित कच्चा पदार्थ लगायत अन्य वस्तु तथा सेवाहरूमा भएको मूल्यवृद्धिका कारण मुद्रास्फीतिमा चाप परेको सरकारको विश्लेषण रहेको छ । आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति ५.४ प्रतिशत रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ३.५ प्रतिशत रहेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ फागुनमा उपभोक्ता मुद्रास्फीति ७.१ प्रतिशत रहेको छ । २०७७ फागुनमा यस्तो मुद्रास्फीति ३ प्रतिशत रहेको थियो ।

[googleapps domain=”drive” dir=”file/d/1gwVOWRN2pk4p405JMRhSH6HI1ZF9T-Qn/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL