Logo

भारतमा हरियो तरकारीको मूल्य ह्वात्तै घट्यो : धेरैजसो हरियो तरकारी किलोको ५ रुपैयाँ, टमाटर भने महँगो

भारतमा हरियो तरकारीको मूल्य ह्वात्तै घट्यो : धेरैजसो हरियो तरकारी किलोको ५ रुपैयाँ, टमाटर भने महँगो



काठमाडौं । भारतमा महँगीको रापमा जलिरहेका सर्वसाधारणलाई हरियो तरकारीको घट्दो मूल्यकेही राहत दिएको छ । केही महिनाअघिसम्म प्रतिकिलो ६० देखि ८० रुपैयाँ (भारतीय रुपैयाँ) मा बिक्री हुने तरकारीको मूल्य ह्वात्तै घटेको थियो ।

गाउँ र सहरका खुद्रा बजारमा घिरौला, भिन्डी, पाटे घिरौला, करेलाको मूल्य ५ रुपैयाँमा झरेको छ । मुख्य शहरमा भने अझै पनि हरियो तरकारी २० देखि ३० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ ।

विवाहको सिजनका कारण हरियो तरकारीको माग घटेको छ । त्यसको असर किसानले तरकारीको मूल्य नै छाड्नु परेको छ । व्यापारीले बजारसम्म पुर्याउने भाडासमेत तिरिरहेका छैनन् । आइतबार उत्तर प्रदेशको कुशीनगर जिल्लाको मथौली नगरमा घिरौला, भिन्डी, पाटे घिरौला, बरेला, करेला ५ रुपैयाँमा बिक्री भइरहेको छ । तर, अहिले पनिा परवल ३० रुपैयाँ र टमाटर ६० रुपैयाँ प्रतिकिलो मूल्य रहेको छ ।

सरकारी तथ्यांकको कुरा गर्ने हो भने पछिल्लो एक महिनामा टमाटरको खुद्रा मूल्य रु २६.२७ बाट ५४.७४ प्रतिशतले बढेर रु ४१.११ पुगेको छ । अर्कोतर्फ प्याज ९.१८ प्रतिशतले सस्तो भएको छ । उपभोक्ता मन्त्रालयको वेबसाइटमा दिइएको पछिल्लो तथ्यांकअनुसार प्याजको औसत मूल्य २६.३६ रुपैयाँबाट घटेर २३.९४ रुपैयाँमा आएको छ ।

विवाह समारोहमा आलुको मागलाई मध्यनजर गर्दै एक महिनामा २१.३६ रुपैयाँबाट ७.८२ प्रतिशतले बढेर २३.०३ रुपैयाँ पुगेको छ । तर, अधिकांश खुद्रा बजारमा भने मूल्य प्रतिकिलो १०–२० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL