Logo

रिभर फल्स पावरको आइपीओ २८ गतेदेखि निष्काशन हुने, सर्वसाधारणका लागि छुट्याईयो २५ लाख ३८ हजार कित्ता

रिभर फल्स पावरको आइपीओ २८ गतेदेखि निष्काशन हुने, सर्वसाधारणका लागि छुट्याईयो २५ लाख ३८ हजार कित्ता



काठमाडौं । रिभर फल्स पावरले बैशाख २८ गते देखि सर्वसाधारणलाई आईपिओ जारी गर्ने भएको छ । कम्पनीले २७ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणलका लागि भन्दै निष्काशन गर्न लागेको हो ।

laxmi

जसमध्ये ५४ हजार ६ सय कित्ता सेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने १ लाख ३६ हजार ५ सय कित्ता सेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बांकी रहेको २५ लाख ३८ हजार ९ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आवेदन दिंदा न्युनतम १० कित्ता आर अधिकतम १ लाख कित्ता शेयरको लागि आवेदन दिन सकिने छ । लगानीकर्ताले जेठ ४ गतेसम्म आवेदन दिन सक्ने छन् । । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL