Logo

टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलद्वारा पदभार ग्रहण, गुणस्तर र राजस्व वृद्धिको प्रयास गर्ने प्रतिबद्धता

टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलद्वारा पदभार ग्रहण, गुणस्तर र राजस्व वृद्धिको प्रयास गर्ने प्रतिबद्धता



काठमाडौँ । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलले शुक्रबार कम्पनीको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका छन् । उनलाई नेपाल सरकार मन्त्रिपरिषदको २०७८ चैत्र २४ गतेको निर्णय बमोजिम ४ वर्षका लागि प्रबन्ध निर्देशक पदमा नियुक्त गरिएको थियो ।

laxmi

पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक पौडेलले कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएको चुनौतीलाई सामना गर्दैै अगाडि बढ्न र कम्पनीलाई अझ मुलुककै विश्वसनीय धरोहरका रुपमा स्थापित गर्न आफू प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रबन्ध निर्देशक पौडेल यसअघि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यकारी निर्देशक पदमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL