Logo

सिम वितरणमा लापरवाही हुँदा एक्सनमा उत्रियो दूरसंचार प्राधिकरण, केवाईसी भरेर मात्रै वितरण गर्न निर्देशन

सिम वितरणमा लापरवाही हुँदा एक्सनमा उत्रियो दूरसंचार प्राधिकरण, केवाईसी भरेर मात्रै वितरण गर्न निर्देशन



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले सिम तथा रिमकार्ड वितरणमा लापर्वाही गर्न नहुने बताएको छ । मंगलबार एक सूचना जारी गर्दै प्राधिकरणले पछिल्लो समय दूरसंचार सेवाप्रदायक कम्पनीहरुले सेवाग्राहीलाई वितरण गर्ने सिममा लापर्वाही गरेको बताएको हो ।

laxmi

पछिल्लो समय राम्रोसँग केवाईसी फारम नै नभरी सिम तथा रिमकार्ड वितरण भईरहेको प्राधिकरणको भनाई छ । दूरसंचार सेवाप्रदायकहरुले सिम वितरण र ग्राहक विस्तारमा प्रतिश्पर्धा गर्न खुद्रा पसललाई समेत सिम वितरणको आधिकारिकता दिने गरेका छन् ।

यसले एकातिर सेवाग्राहीको राम्रोसँग प्रमाणीकरण हुन सकेको छैन भने सुरक्षा जोखिम पनि बढ्ने सम्भावना रहन्छ । यसैलाई नियन्त्रण गर्नका लागि प्राधिकरणले सेवाग्राहीलाई रितपूर्वक केवाईसी भरिसकेपछि आवश्यक कागजातहरु रुजु गरेर मात्रै सिम वितरण गर्न निर्देशन दिएको हो ।

हाल ग्रामिण भेगका पसलहरुले आफ्ना ग्राहकहरुलाई केवाईसी फारम नभरीकनै सिम वितरण गर्ने गरेको भेटिन्छ । दूरसंचार प्राधिकरणले पुनः रितपूर्वक सिमकार्ड वितरण नगरी लापरवाही गरेको खण्डमा कानुन अनुसार कारबाही हुने चेतावनीसमेत दिएको छ । यस्तै प्राधिकरणले ग्राहकलाई पनि आफ्नो वास्तविक परिचयका आधारमा मात्रै सिमकार्ड खरिद गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL