Logo

सेयर बजारमा बुधबार पनि दोहोरो अंकको गिरावट, कारोबार रकम २ अर्ब ५७ करोड

सेयर बजारमा बुधबार पनि दोहोरो अंकको गिरावट, कारोबार रकम २ अर्ब ५७ करोड



काठमाडौं । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १९ दशमलव ६५ अंकले घटेको छ । मंगलबार घटेको सेयरबजारले बुधबार पनि निरन्तरता पाएको हो । आज बजार दोहोरो अंकले घट्दा नेप्से विन्दु २६ सय ३१ को विन्दुमा पुगेको छ ।

laxmi

बजारमा कारोबार भएका सबै समुहमध्ये आज म्युचुअल फण्ड, निर्जीवन बीमा र होटल तथा पर्यटन समुहबाहेकका सबै समुह ओरालो लागेका छन् । ओरालो लाग्ने समुहमध्ये सबैभन्दा बढी गिरावट विकास बैंक, अतिरिक्त र जीवन बीमा समुहमा देखिन्छ । यी समुहमा बुधबार क्रमशः ६०, ५७ र ५७ अंकको गिरावट आएको छ ।

आज वित्त समुहको परिसुचकमा २९ अंकको गिरावट आउँदा उत्पादनमुलक समुहको परिसुचकमा ४४ अंकको गिरावट आएको छ । यस्तै आज बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचक ११ अंकले ओरालो लाग्दा लघुवित्त समुहको परिसुचक भने ९ अंकले घटेको छ ।

दिनभर २ सय ३१ कम्पनीका ४९ लाख ६७ हजार बढी कित्ता किनबेच हुँदा कारोबार रकम २ अर्ब ५७ करोड ४ लाख रुपैयाँमा सिमित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL