Logo

सेयर बजारबाट साउनमा २ अर्ब पुँजीगत लाभकर उठ्यो, एक वर्षयताकै उच्च ?

सेयर बजारबाट साउनमा २ अर्ब पुँजीगत लाभकर उठ्यो, एक वर्षयताकै उच्च ?



काठमाडौं । साउन महिनामा सरकारले सेयर बजारबाट आकर्षक पुँजीगत लाभकर प्राप्त गरेको छ । सीडीएस एण्ड क्लियरिङका अनुसार साउन महिनामा सरकारले सेयर बजारबाट २ अर्ब १५ करोड रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको छ । यो गत भदौ यताकै उच्च हो । गत वर्षको भदौमा २ अर्ब ५७ करोड रुपैयाँ संकलन भएको थियो ।

विशेषतः साउनमा सेयर बजारमा वृद्धि हुनुका साथै दैनिक रुपमा उच्च रकमको सेयर कारोबार भएको थियो । यसले पनि सरकारले साउनमा सेयर बजारबाट उच्च पुँजीगत लाभकर प्राप्त गरेको हो । तथापि, यो गत साउन महिनाको भन्दा भने कम हो । गत साउन महिनामा सरकारले सेयर बजारबाट ४ अर्ब २३ करोड ७८ लाख ६१ हजार पुँजीगत लाभकर प्राप्त गरेको थियो । यो हालसम्मकै उच्च हो । सेयर कारोबार रकम बढेसँगै सरकारले पाउने पुँजीगत लाभकर पनि बढ्छ ।

सरकारले आर्थिक वर्ष २०८१÷८२ मा सेयर कारोबारबाट १६ अर्ब ५४ करोड ३७ लाख रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको थियो । सेयर लगानीकर्ताहरूले हरेक कारोबारमा नाफा भएमा सरकारलाई कर तिर्नुपर्छ । १ वर्षभन्दा कम अवधिमा भएको नाफामा लगानीकर्ताले ७.५ प्रतिशत तथा सो अवधिभन्दा धेरै समयबाट भएको नाफामा ५ प्रतिशत पुँजीगत लाभकर तिर्छन् । बजार घट्दा पुँजीगत लाभकर कम उठने र बढ्दा बढी उठ्ने गर्छ ।

हेरौं, गत वर्ष कुन महिना कति पुँजीगत लाभकर उठेको थियो ?

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This