Logo

सम्पत्ति शुद्धिकरणमा राष्ट्र बैंकको कडाई, ७ लाख माथिको कारोबार अनिवार्य रिपोर्टिङ गर्न निर्देशन

सम्पत्ति शुद्धिकरणमा राष्ट्र बैंकको कडाई, ७ लाख माथिको कारोबार अनिवार्य रिपोर्टिङ गर्न निर्देशन



काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई ७ लाख वा सोभन्दा माथि भएको नगद कारोबारको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै गत साउन १ गतेदेखि पुष मसान्तसम्म भएका ७ लाख वा सोभन्दा माथिको नगद कारोबार भएको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

laxmi

वाणिज्य बैंकहरुमा सम्पत्ति शुद्धिकरण र आतंकवादी क्रियाकलापमा हुने वित्तीय लगानीको निवारण गर्न गरेको कदमबारे राष्ट्र बैंकले अध्ययन गर्दै आएको छ ।

राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभाग अन्तर्गतको सम्पत्ति शुद्धिकरण ईकाईले आतंकवादी क्रियाकलापमा वित्तीय लगानीका बारेमारस्थलगत तथा गैर स्थलगत सुपरिवेक्षण गर्दै आएको छ ।

पछिल्लो समय बढेको डिजिटल मुद्रा कारोबारका कारण अर्थतन्त्रमा नै धक्का पुगेपछि यसमा राष्ट्र बैंक कडाईकासाथ लागिपरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL